download live transcript zoom zoom us join meetings zoom download registration list webinar how do i update my zoom app zoom download for pc 32 bit zoom download for windows 10 microsoft store

पत्रकारको अवाज दवाउने र हिरासतमा लिने कार्यमा चीन सबैभन्दा अग्र स्थानमा

   २७ मंसिर २०७८, सोमबार १३:४८  

तराई टप
काठमाडौं, २७ मंसिर । चीन संसारको सबैभन्दा धेरै पत्रकारको आवाज दबाउने र पत्रकारलाई बन्धक बनाउने राष्ट्रको पहिलो सूचीमा परेको छ ।
पत्रकारको अन्तरराष्ट्रिय संस्था “रिपोटर्स विदाउट बोडर्स” ले सर्वे गरेर हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्धक बनाउने घटना देखि लिएर विचारलाई दवाउने राष्ट्रको सुचीमा सबै भन्दा अगाडी रहेको पाइएको हो । वर्तमान समयमा चीनमा कम्तीमा १२७ जना पत्रकारहरु चिनियाँ हिरासतमा रहेको अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीेले जनाएको छ ।
बीबीसीको रिपोर्टका अनुसार चीनले पत्रकारिता विरुद्ध विश्वरभरी दमनकारी अभियान चलाइरहेको छ । पत्रकारहरुलाई मात्रै नभई आम नागरिकमा भ्रम सृजना गर्न अशान्ति फैलाएको आरोपमा गिरफतारी गर्नुलाई चीनले सही ठम्याउदै आएको छ । ४२ पृष्ठ लामो रिपोर्टमा कोभिड १९ महामारी बढेसंग चीनमा प्रेस माथि सुनियोजित रुपमा प्रतिबन्ध लगाउदै अझ धेरै कडाईका साथ प्रस्तुत भईरहेको रिपोर्टमा भनिएको छ । बुहान प्रान्तमा कोरोना भाइरसको रिपोर्ट बनाउन गएका १० जना पत्रकार र अनलाइृन कमेन्टेटरलाई हिरासतमा लिएको बीबीसीको रिपोर्टमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै