जसपा प्रदेश अध्यक्ष अशोक यादव–सर्लाही एसपी योगेन्द्रकुमार खड्का बीच अडियो संवादको विवाद चुलिदै

0 Shares
सर्लाही, २० असार । जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाही प्रहरीका एसपी योगेन्द्र कुमार खड्का बीच भएको अडियो संवाद यतिखेर समाजिक संजालमा निकै भाईरल बनेका छन् ।
भाईरल भएको उक्त अडियो संवाद विहिवार राति भएको जस्तै लाग्छ, तर अडियो संवादमा पूर्व मधेश प्रदेशका सदस्य समेत रहेका नेता यादवको विहारी शैलीमाबाट नेताको स्तर माथि नै गम्भीर प्रश्न चिन्ह् खडा भएका हुन् । मोवाइलमा सभ्य ढंगबाट कुरा गरिन्छ, अशिष्ट भाषाको प्रयोग हुनु निकै दुखद हो ।
१ मिनेट २६ सेकेण्डको अडियो संवादमा नेता यादवले तपाईहरु मधेशमा आएर लट्न आएको, तपाईहरु लुटेराहरु, तिमिहरु मधेशमा लुट्न आएको, ए, एै एसपीहरु भन्दै गाली ग्लौजको शब्दहरु म्युट गरिएको संवादबाट सिंगो राजनीतिक क्षेत्र नै तरंगित बनेका छन् ।
अडियो संवाद हुनु पछाडीको वास्तविक्ता के हो ?
कविलासी नगरपालिका वडा नम्वर १० सलमपुर घर भएका जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादव पूर्वाधार विकास कार्यालय मलंगवामा धाकधम्की दिएर योजनाहरु माग्दै आएका थिए । सोही क्रममा गएको असार १२ गते उक्त कार्यालयमा प्रवेश गरेर केही योजनाका फायल खोसेको थियो तर भोली पल्टै सबै फायल पूर्वाधार कार्यालयमा जिम्मा लगाए ।
आर्थिक बर्षका अन्तिम चरणमा यस्ता कार्यहरु हुँदा विकास निर्माणका योजनाहरुको कार्यहरु प्रभावित हुने भएपछि पूर्वाधार विकास कार्यालयबाट सुरक्षाको माग भएपछि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा प्रदान गरियो ।
गएराति ९ बजेको समयमा अशोक यादव सहित १० जना व्यक्तिहरु पूर्वाधार कार्यालयमा प्रवेश गर्न खोज्दा ताला लगाइएका थिए । उनीहरुले उक्त ताल्चा फुटाएर भित्र प्रवेश गर्न खोज्दा प्रहरीको थप मद्दत पुग्दा उनीहरु त्यहाबाट फरार भए । तत पश्चात अशोक यादवले एसपी योगेन्द्रकुमार खड्कालाई फोन गरेर आक्रोशित हुँदै पूर्वाधारमा किन प्रहरी परिचालन गरिएको, तिमीहरु लुट्न आएको भन्दै तथानाम गालीग्लौज गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट बुझिएको छ ।
सर्लाही प्रहरी प्रमुखलाई खुलेआम गालीग्लौजका साथै विभिन्न किसिमका धाकधम्की दिने र पूर्वाधार विकास कार्यालयका प्राविधिक देखि लिएर कार्यालय प्रमुखलाई धम्काउने अशोक यादव सहितका व्यक्तिहरुलाई राति नै खोजतलास गर्दै प्रहरी उनको घर सम्म पुगेको थियो ।
कविलासी नगरपालिका–१० सलेमपुरमा प्रहरी पुग्दा उनले केही मानिसहरुलाई घरको माथिबाट प्रहरी उपर ढुंगामुढा गर्दा प्रहरीको भ्यान क्षतिग्रस्त भएको थियो । रातिको समयमा केही अप्रिय घटना नहोस भन्दै प्रहरी पछि हटेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
अशोक यादवको प्रहरीले व्यापक खोजी कार्य जारी राखेको छ । उनी विरुद्ध अपराधी उपद्रो गरेको कसुरमा मुद्दा दर्ता गरेर कारवाही गर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।