एसपीलाई गाली गर्ने जसपा नेता अशोक यादव विरुद्ध पक्राउ पुर्जी जारी

0 Shares
सर्लाही, २० असार । एसपीलाई फोनमा गाली गर्ने जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेका अध्यक्ष अशोक यादव विरुद्ध अपराधी उपद्रव कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगन्द्रकुमार खड्कालाई विहिवार राति फोन मार्फत गाली गरेको आरोपमा उनी विरुद्ध अपराधी उपद्रव कसुरमा शुक्रवार मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी भएको हो ।
मुद्दा दर्ता भएपछि यादव सहितका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले सर्च अप्रेशनलाई तिव्र बनाएको छ । कति जना विरुद्ध पक्राउ पुर्जी जारी भएको र क कस माथि मुद्दा दर्ता भएको प्रश्नको जवाफमा डिएसपी राईले केही बताउन चाहेनन् । हामी यादवलाई समात्न प्रहरी परिचालन गरेका छौं । निजलाई नियन्त्रणमा लिएपछि केही भनौला उनले स्पष्ट पारे ।
भाईरल अडिया संवाद
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार यादव–एसपी खड्का बीच भएको फोन संवाद भाइरल भएको छ । सार्वजनिक अडियो संवादमा यादवले एसपी खड्कालाई थर्काउदै “तिमीहरु लुट्न मधेश आएका छौं, तिमीहरु लुटेरा छौं, कमिशनका लागि काम गछौं, लगायत अपशब्द भद्दा गाली गरेको सुनिन्छ” ।
“ए, एसपी, एसपी तिमी सुन” जसपा मधेश प्रदेश अध्यक्ष यादव चर्को स्वरमा कराएको अडियोमा सुनिन्छ । अडियो सार्वजनिक भएपछि प्रहरीको शाखमा ठूलो प्रश्न चिन्ह् उब्जीएको छ भने एउटा राजनीति गर्ने त्यसमा पनि मधेश प्रदेशको अध्यक्ष जस्ता नेताले गैर जिम्मेवार भएर प्रस्तुत हुनु राजनीति गर्ने नेताहरुको चरित्रलाई उदांगो बनाएका छन् ।
अशोक यादव र एसपी योगेन्द्रकुमार खड्का बीच भएको कुराकानीको ओरिजनल अडियो तराई टप संग सुरक्षित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।