संघिय राजधानीलाई लक्ष्ति गरेर निर्णायक आन्दोलनको तयारीमा सुकुम्बासी संघ

0 Shares
काठमाडौं, २१ असार । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सुकुम्बासी बस्तीमा खानेपानी, निशुल्क बिजुली एवं लालपुर्जाको माग राख्दै निर्णायक आन्दोलनको तयारीमा जुटेका छन् ।
सुकुम्बासी संघका पदाधिकारीहरु काठमाडौं स्थित बिभिन्न सुकुम्बासी बस्तीमा पुगेर अन्तरक्रिया गर्दै सुकुम्बासी बस्तीमा पुगेर त्यहाँको वास्तविक समस्याको पहिचार र समाधानको बारेमा छलफल गर्दै त्यसका लागि अब निर्णायक आन्दोलन गर्नुपर्ने अन्तिम निष्कर्षमा पुगेका हुन् ।
सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर लिम्बु, महासचिव एमडी सतार सहितका टोली बल्खु सहित सुकुम्बासी बस्तीमा पुगेर छलफल गरे । सुकुम्बासी बस्तीका अमर बर्देवा, गम्भिर मोक्तान, सुनिता परियार लगायतकाले सुकुम्बासी बस्तीमा शुद्धखानेपानी, बिजुली, लालपुर्जा सहितको समस्या समाधानका लागि आन्दोलनको बिकल्प नभएको बताए ।
सरकार आफ्नो दायित्व पुरा गर्नबाट भागेर हिडेको र सुकुम्बासीहरुको समस्या समाधानका लागि चासो नदिएको गुनासो गर्दै उनीहरुले काठमाडौंमा निर्णाय आन्दोलनको बिकल्प नभएको निष्कर्षमा पुगेका छन् ।
खानेपानीका लागि संघले काठमाडौं खानेपानी उपत्यका प्राधिकरणमा ध्यानाकर्षणपत्र समेत बुझाइसकेको र हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइसकेको संघका अध्यक्ष विकले जनाए ।
संघीय सरकार, काठमाडौं महानगरपलिकाले समेत आफूहरुको न्यायोचित माग सम्बोधन गर्नमा ढिलाई गरेको बताउदै संघका अध्यक्ष विकले काठमाडौं केन्द्रीत आन्दोलनलाई निर्णायक बनाउँन आफूहरु जुटेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले अब आफूहरु काठमाडौं केन्द्रीत निर्णाय आन्दोलन गर्ने उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।