युनुश अन्सारीलाई पुनः पक्राउ गरेर काठमाडौं अदालतमा पेश

0 Shares
रौतहट, २२ असार । अबैध रुपमा नक्कली भारतीय नोट बोकेर हिडेको आरोपमा ६ बर्ष सजाय भुक्तान गरेर छुटेका युनुश अन्सारलाई पुनः पक्राउ गरेर अदालत समक्ष पेश गरिएको छ ।
२०७६ जेठ १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैया सहित पक्राउ पर्दा ६ बर्षको सजाय पाई छुटे लगतै पुनः सीआइवीको टोलीले पक्राउ गरेर काठमाडौं जिल्ला अदालत समक्ष पेश गरेका हो ।
काठमाडौ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा बयानका लागि पेसी तोकिएसँगै उनलाई प्रहरीले आइतबार अदालतमा पेस गरेको छ ।
सो प्रकरणमा सजाय भुक्तानीपछि अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको छ ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिसकेको छ । नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध  सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो ।
खातामा अस्वभाविक कारोबार देखिएकाले अन्सारीले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।
अन्सारीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो मागदाबी र बढीमा १५ वर्षसम्म कैद सजायको माग गरिएको छ । अन्सारीसहित उनकी श्रीमती सालमा खातुन, सर्लाहीकी प्रमिला अधिकारी र बाराका शुभेश्वर प्रसाद कुश्वाहलाई पनि प्रतिवादी बनाइएको छ । अन्सारीलाई पक्राउ गरी अदालतमा पेस गरिएको भएपनि अन्य प्रतिबादीहरु फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।