रौतहटमा हर्षोल्लासका साथ ताजिया (दाहा) मनाइदै

0 Shares
रौतहट, २२ असार । मुस्लिम समुदायले मनाउने प्रमुख धामिर्क पर्व मध्येको एक ताजिया (दाहा) पर्व आज धुमधामका साथ रौतहट सदरमुकाम गौरमा मनाइदै छ ।
दाहा पर्व इस्लाम धर्मावलम्बीहरुले इमाम हुसैनको शहादतको सम्झनामा मनाउने गरेको हो । शहादतको सम्झनामा मोहरम महिनाको दशौं दिन अर्थात् आशुराको दिनमा विशेष रुपमा मनाउनले गरिन्छ ।
ताजिया पर्वले धार्मिक सहिष्णुता, बलिदान र एकताको सन्देश बोकेको छ । ताजिया पर्वको महत्व ताजिया पर्व मुस्लिम समुदायको शिया सम्प्रदाय सँग विशेष रूपमा जोडिएको छ । पर्व इस्लामका तेस्रो खलिफा हजरत इमाम हुसैनको स्मरणमा मनाइन्छ । हुसैनले सत्य, न्याय र मानवताको रक्षाका लागि आफ्नो जीवन बलिदान दिएका थिए ।
सन् ६८० मा इराकको कर्बलामा भएको ऐतिहासिक युद्धमा इमाम हुसैन र उनको परिवार तथा अनुयायीहरूले शहादत प्राप्त गरेका थिए । घटनालाई मुस्लिम समुदायले गहिरो श्रद्धा र सम्मानका साथ सम्झन्छ ।
ताजिया पर्वमा इमाम हुसैनको समाधि स्थलको प्रतीकका रूपमा ‘ताजिया’ बनाइन्छ । बाँस, काठ, कागज र विभिन्न रङ्गिन सामग्रीहरूबाट सजाइएको ताजियालाई विभिन्न रीतिरिवाज र जुलुसका साथ शान्तिपूर्ण रूपमा नदीमा विसर्जन गरिन्छ ।
गौरमा ताजिया पर्वको उत्सवमा ताजिया पर्वलाई भव्य रूपमा मनाउने परम्परा रही आएको छ । यहाँका मुस्लिम समुदायले जुलुस, प्रार्थना र धार्मिक विधिहरूका साथ यो पर्व मनाउँछन् । जुलुसमा सहभागीहरूले ताजिया बोकेर विभिन्न मस्जिद र धार्मिक स्थलहरूमा पुग्छन् । यस अवसरमा समुदायका सदस्यहरूले एक अर्कालाई सहानुभूति, एकता र धार्मिक सहिष्णुताको सन्देश आदानप्रदान गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।