852
Shares
तराई टप
काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बसेको केन्द्रीय समितिको बैठकबाट सात वटै प्रदेशको इन्चार्ज तोकिएको छ ।
नेकपा एमालेको भक्तपुरमा बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे, प्रदेश २ को इन्चार्जमा रघुविर महासेठ, वागमती प्रदेशमा काशीनाथ अधिकारी, गण्डकीमा पदमा अर्याल, लुम्बनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदुर पश्चिममा लेखराज भटलाई नियुक्त गरेको हो ।
नियुक्त गरिएका सातै प्रदेशका इन्चार्जहरुलाई संगठन विस्तार, अगामी दिनमा हुने चुनावी रणनिती अनुसार एमालेलाई स्थानीय, प्रदेश र संघियमा मजबुती प्रदान गर्ने कार्यमा लाग्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए ।