रौतहट, २४ असार । रसुवाको लेन्दे नदीमा आएको भिषण बाढीमा परेर बेपत्ता भएका १८ जनाको पहिचन खलेका छन् ।
मंगलवार विहान आएको भिषण बाढीमा परेर तीन जना प्रहरी, ९ जना सर्वसाधारण नागरिक र ६ जना चिनियाँ नागरिकको पहिचान खुलेका हुन् ।
रसुवा जिल्लको रसुवागढी स्थित नेपाल–चीन अन्तरराष्ट्रिय सीमा नामामा चीन तर्फ भएको अविरल बर्षा पश्चात लेन्दे नदीमा आएको भिषण बाढीमा परेर उनीहरु वेपत्ता भएका थिए । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी स्थित लेन्दे खोलाको रौद्र रुपका कारण ठूलो जनधनको क्षति भएको सुरक्षाकर्मीले जनाएको छ ।
बेपत्ता भएका तीनजना प्रहरीमा रसुवामा दरबन्दी भएर इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत थिए । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुंगल नगरपालिका–९ का प्रहरी जवान लोकेन्द्र बोहोराको पहिचान खुलेको हो ।
बेपत्ता भएका ६ जना चिनियाँ नागरिकमा यू यी, ली ह्वासिङ, याङ चुआन, यू हैहाङ, यू सिओ क्यु र जोउ योङ रहेको जनाइएको छ । वेपत्ता आम नेपाली नागरिकमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू छन् । यस्तै, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका सवारी चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङको रहेको सुरक्षा श्रोतबाट बुझिएको छ ।
तिब्बतमा भएको भिषण बर्षाबाट भोटेकोशीमा आएको ठूलो बाढीबाट रसुवा नराम्ररी प्रभावित
भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको हो ।
भोटेकोशी स्थित रसुवा–स्याप्रुबेँसी जलमापन केन्द्रमा मंगलबार (असार २४) बिहान ३ः३० बजे बाढी आइपुगेको थियो । बाढी बिहान ५ बजे त्रिशूली नदीस्थित वेत्रावतीमा आइपुगेको विभागले जनाए ।
“प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउँसो सम्म सतर्कता जरुरी देखिएको छ,” विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
वाढीबारे आफूहरूले अनुसन्धान गरिरहेको र सम्भावित कारणको अध्ययन थालेको महाशाखाका हाइड्रोलोजिस्ट सागर मिश्रले बताए । “हामीले अध्ययन, अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “प्रारम्भिक रूपमा हेर्दा भारी वर्षा भएको देखिँदैन ।”
उक्त बाढीको असर नुवाकोट जिल्लासम्म पर्न सक्ने उनले बताए । नुवाकोटवासीलाई समेत एसएमएसमार्फत सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए ।