download x zoom app windows zoom app for windows 10 download amiga zoom download is zoom app download zoom for windows rt 8.1 zoom app lawsuit amazon fire zoom app zoom download for pc 32 bit

चन्द्रपुरको मुख्य चोकमै फोहर एवं दुर्गन्धित पानी बग्दा पनि सरोकारावाला निकाय वेखवर

   २७ मंसिर २०७८, सोमबार १५:०२  

तराई टप संवाददाता
चन्द्रपुर (रौतहट), २७ मंसिर । गाउँ गाउँमा सिंहदरबारको अवधारण सहित स्थापित भएको स्थानीय तहका पदाधिकारीहरु मनपरी ढंगबाट काम गर्दा अहिले सोको मारे सर्वसाधारण जनताहरुले खेप्नु परेको छ ।
सोको उदाहरण यतिवेला रौतहटको सबै भन्दा विकसित एवं जनघनत्व भएको चन्द्रपुर नगरपालिकाको निर्वाचित जनप्रनिधिहरुको उदाशिन एवं मनपरी ढंगबाट काम कारवाही गर्दा चन्द्रपुरको मुख्य चौक आसपास दुर्गन्धित बन्दै डम्पींग साइटको रुपमा रुपान्तरित हुँदै गएको हो ।
समुचित रुपमा ढलको व्यवस्था नहुदा सडकमा नै फोहोर पानी बग्ने गरेको, सडक किनारमै फुहर थुपार्ने कार्य भईरहेको हुँदा त्यो बाटो भएर हिड्ने सर्वसाधारणको भिडभाड रहने मुख्यचौक दुर्गन्धित हुदा समेत सरोकार बाला निकाय कानमा तेल हालेर सुतेको आरोप स्थानीय बासिन्दाहरुले लगाएको छ ।
सडकमा निरन्तर रुपमा बगरिहेको फोहोर पानीको दुर्गन्धले नाक थुनेर हिड्नुपर्ने अवस्था सृजना भएको छ । पैदल हिड्ने स साना स्कुले बालबालिकाहरु हिलोमा पर्ने गरेका छन । पुर्व पश्चिम राजमार्ग को मुख्य चोक चन्द्रपुरमा यो अवस्था हुदा पनि ध्यान नदिएको भन्दै सरोकारवाला निकायलाई यात्रु तथा केही स्थानियहरुले ध्यानाकर्षण गराएका छन ।
होटलमा प्रयोग भएको तथा शौचालय बाट निस्केको फोहोर पानी ले चन्द्रपुर को मुख्य चोक दुर्गन्धित हुदा धेरै समस्या हुने गरेको स्थानीय समाजसेवी केदार प्रसाद तिमल्सेनाले गुनासो गरे ।
स्थानीय सरकार भएपनि समयमा फोहर, दुर्गन्धीत पानीको व्यवस्थापन नहुनु निकै दुखद भएको बताउदै के यसैको लागि सिंहदरवार गाउँ गाउँमा आएको हो उनले प्रश्न गरे ? अविलम्ब बाटोमा फोहर पानी बगाउनेलाई कारवाही गर्दै सडकमा दुर्गन्धित पानी वा फोहरलाई नगरपालिकाबाट समयमै व्यवस्थित बनाउन उनले सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै