लागु औषध सहित ८० बर्षिय कपुर प्रहरी नियन्त्रणमा

   २७ मंसिर २०७८, सोमबार १५:११  

तराई टप
पर्सा, २७ मंसिर । लागु औषध सहित पर्सा प्रहरीले एक जना ८० बर्षिय भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत विहार मोतिहारी जिल्ला रक्सौल ११ का ८० बर्षिय बृद्ध विजयकुमार कपुरलाई लागु औषध नुफ्रिन, डाइजेपाम, प्रोमिफाईजाम, हाईड्रोक्लोराईड ५÷५ सय एम्फु गरी १५ सय एम्पुल सहित विरगंज महानगरपालिका २१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
पक्राउ परेका वृद्ध कपुरलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै