मलंगवा स्थित नेपाल भारत सिमा नजिकैबाट १६८ किलो गाँजा बेवारिसे अवस्थामा बरामद

   २७ मंसिर २०७८, सोमबार १५:२९  

तराई टप
सर्लाही, २७ मंसिर । नेपालबाट भारत तर्फ तस्करी गर्न लागिएको लागुऔषध ठूलो परिमाणमा गाँजा सशस्त्र प्रहरीले मलंगवाबाट बेवारिसे अवस्थामा बरामद गरेको छ ।
सर्लाहकिो मलंगवा नगरपालिका वडा नम्व्र ८ मा लागु औषध लुकाएर भारत तर्फ तस्करी गर्न लागिएको जानकारी सशस्त्र प्रहरी बल नेपालको १० नम्बर गणलाई प्राप्त भएपछि त्यस तर्फ सशस्त्र प्रहरी परिचालन गरिएका थिए । तर उक्त स्थानमा जाँदा प्लाष्टिकको बोरामा लुकाई राखेको अवस्थामा ६ वटा बोरो बेवारिसे अवस्थामा फेला परेको हो ।
उक्त बोरालाई खोलेर हेर्दा लागु औषध गाँजा रहेको सो गणले जनाए । ६ वटा पोकलाई मापन गर्दा १६८ किलोग्राम गाजा रहेको भएपछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवालाई सशस्त्र प्रहरीले जिम्मा लगाए । तर उक्त गाँजा कसले ल्याए र कहाँ लैजादै थिए सो सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
तयारी अवस्थामा राखिएको गाँजा प्रहरीको आँखा छलेर भारत तर्फ निर्यात गर्न सीमा नजिकैको टोलमा राखेको अवस्थामा फेला परेपछि गहन अनुसन्धान सुरु भएको तथा गाँजा ल्याउने व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै