हात्ती व्यवस्थापनको माग गर्दै स्थानीयहरुद्वारा डिभिजन वन कार्यालय चन्द्रपुरमा धर्ना

0 Shares
चन्द्रपुर (रौतहट), २९ असार । जंगली हात्तीले शनिवार राति चार वटा घर भत्काएपछि पीडित स्थानीय बासिन्दाहरु डिभिजन वन कार्यालय चन्द्रपुरमा धर्ना बस्दै आक्रोश व्यक्त गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ मा गएराति जंगली हात्तीले लालबाबु मोक्तान, दिपा बल, दिलबहादुर राई र किरण बम्जनको घरलाई तोडफोड गरेपछि स्थानीय बासिन्दाहरु आक्रोशित बन्दै चन्द्रपुर स्थित डिभिजन वन कार्यालयलाई घेराउ गरेर प्रदर्शन गरेका हुन् ।
विगत ६ महिना देखि चन्द्रपुरको उत्तरी भेगमा देखापरेको जंगली हात्तीले स्थानीय बासिन्दाहरुको घर देखि लिएर बालिनालीलाई क्षति पुर्याउदै आईरहेको हुँदा निमुञ्जमा हात्तीलाई लैजान माग गरेको छ ।
घरहरूमा क्षति पुर्याउनुका साथै खाद्यान्न तथा अन्य सामग्री नष्ट गरेको स्थानीयले बताए । “हात्ती आएपछि रातभर हामी जंगल तर्फ भागेर ज्यान जोगायौं,” एक पीडितले भने, “अब हात्तीको डरले घरमै बस्न सक्ने अवस्था छैन ।” स्थानीयहरूका अनुसार हात्ती हरेक केही दिनमा बस्तीमा पस्ने गरेको छ र जोखिम बढ्दो क्रममा रहेको हुँदा डर र त्रासका बीच हामीहरुलाई बस्नु परेको गुनासो गरे ।
स्थानीयले वन कार्यालयमा धर्ना दिँदै हात्तीलाई तत्काल नियन्त्रणमा लिन र सुरक्षित स्थानमा सार्न माग गरे । उनीहरू राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसकेको गुनासो समेत गरे ।  डिभिजन वन कार्यालयका एक अधिकारीले हात्तीको गतिविधिबारे निगरानी भइरहेको बताउँदै नियन्त्रणका उपायमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।