zoom cloud free download osu zoom download download zoom for use zoom app download zoom meeting for windows download

पुजारी हत्यामा संलग्न २ जनालाई पुर्पक्षका लागि गौर कारागार चलान

   १९ कार्तिक २०७७, बुधबार २०:२१  

रौतहट, १९ कार्तिक । रौतहटको माधवनारायण नगरपालिकाको खेश्रैया स्थित हनुमान मन्दीरको पुजारीलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका २ जनालाई पुर्पक्षका लागि गौर कारागार चलान गर्न बुधवार जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।
पुजारी हत्याको अभियोगमा पक्राउ परेका देवाही गोनाही नगरपालिका १ करुनियाका ३६ बर्षिय नरेश पटेल र जयनारायण राउत पटेललाई जिल्ला अदालत रौतहटले आज पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश गौर कारागार चलान गरिएको हो ।
हनुमान मन्दिरका ६५ बर्षिय पुजारी श्रीराम साहलाई गत भदौ ३ गते ९ बजे राति खाना खाइरहेको अवस्थामा कन्चटमा गोली हानेर हत्या गरेका थिए । माधवन नारायण नपा २ खेश्रैया चोक स्थित हनुमान मन्दीरमा पुजारीको काम गर्दै आएका साहलाई गोली हानेर फरार भएका मध्ये २ जनालाई प्रहरीले भदौै १७ गते पक्राउ गरी कारवाहीको लागि अलालतमा पेश गरिएको थियो ।
सम्मानित अदालतबाट प्रहरी नियन्त्रणमा रहेका पटेलद्धयलाई पुर्पक्षका लागि गौर कारागारमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै