“कहिले काही नखाएको विष पनि लाग्दो रहेछ” घुस काण्डको आरोप लागेका मन्त्री गुप्ताद्वारा राजीनामा

0 Shares
रौतहट, ३१ असार । घुसको मोल मोलाई भईरहका अडियो संवाद बाहिरिएपछि चौतर्फी आलोचना खेप्दै आएका संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अन्ततः राजीनामा दिएका छन् ।
सार्वजनिक भएको अडियोमा गत पुसमा काम गरिदिने भनेर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता संग बीचौलिया संग भएको संवादमा  कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग मोल मोलाई भएको वार्तालाप पछि चौतर्फी रुपमा आलोचना खेप्दै आएका मन्त्री गुप्ता अन्ततः सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै राजीनामा दिएको जानकारी दिएका दिएका हुन् ।
मन्त्री गुप्ताले फेसबुकमा लेखेको स्टाटसमा आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ  राजीनामा दिएको उल्लेख गरिएको छ ।
उनले अगाडी लेखेका छन्, “विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारबाजी भईरहेको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए” ।
“अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु” ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाबाट फर्किएपछि सोमबार बिहान बालुवाटार स्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । त्यसपछि मन्त्री गुप्ताले राजीनामा दिएको श्रोतबाट बुझिएका छन् ।
प्रधानमन्त्री ओली सहित सरकारमा रहेका गृहमन्त्री रमेश लेखक माथि भिजिट भिसा मार्फत मानव तस्करीको आरोप खेप्दै आइरहेको अवस्थामा मन्त्री गुप्ता माथि घुस काण्डको आरोप लाग्दा उनलाई आफनो पदबाट हात धुनु पर्यो तर गृह मन्त्री लेखकमा मानव तस्करीको गम्भीर आरोप लाग्दा समेत उनलाई केही नहुनुबाट नेपालमा कति हद सम्म विभेद रहेको छ त्यसलाई पुष्टि गरिदिएको आफनो नाम नछाप्ने शर्तमा एक जना राजनीतिकर्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।