तस्कर–सई अडियो संवाद बाहिरिएपछि हिरापुरका सई दासको जिम्मेवारी खोसियो, निलम्बनको लागि प्रदेश सहित प्रधान कार्यालयमा सिफारिस

0 Shares
सर्लाही, २ साउन । सर्लाहीको हिरापुरमा रहेका इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) बैजनाथ दासको जिम्मेवारी खोस्दै निलम्बन गर्न प्रक्रिया अघि बढाइयो ।
हिरापुरको बाटो प्रयोग गरेर अबैध सामानहरु लग्ने तस्कर र सई दास बीच लेनदेनको बिषयमा भईरहेको कुराकानीको अडिया संवाद बाहिरिएपछि निजलाई निलम्बन गर्न प्रक्रिया माथिल्लो निकायमा पठाइएका हुन् ।
सई दास–तस्कर र विश्वास पात्र (घुमुवा) प्रहरी जवान सन्तोष यादव (पातलो) संग भएको त्रिपक्षीय लेनदेन र मोलमोलाई को अडियो संवाद सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रवार सई दास जिम्मेवारी खोस्दै बरहथवामा तानेर निजलाई निलम्बन गर्नका निमित्त मधेश प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पत्र पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीका सई बैजनाथ दास र तस्कर बीच भईरहेको अडियो संवादको अंश
डिएसपी राईका अनुसार, सई दर्जाका कर्मचारीलाई जिल्लाबाट निलम्बन गर्न नसकिने भएको हुँदा प्रदेश कार्यालय भएर प्रहरी प्रधान कार्यालयमा सिफारिस पत्र पठाइएको
तथा प्रहरी जवान सन्तोषकुमार यादवलाई बरहथवामा तानेर निजलाई आजै निलम्बन गरिने बताए ।
तस्कर र सईको अडियो संवाद के हो ?
सर्लाहीका चर्चित तस्कर राजिव यादवको तस्करी कार्यमा सघाउ पुर्याउनका लागि प्रहरी नायव निरीक्षक सइ दासले घुमुवा जवान यादव मार्फत १८ हजार रुपैया माग गरेको सुनिन्छ । तस्करले १० हजार दिन्छु भन्दा निकै स्वरमा सई दासले थर्काउन खोज्दा अहिले १५ हजार लिनुस बाँकी पछि दिउला भन्ने सुनिन्छ ।
स्मरणीय छ, मधेस प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी धिरज प्रताप सिहले पर्सा जिल्लामा तस्कर संग घुस लिएको आरोपमा सइ दासलाई निलम्बन गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा सइ दास घुमुवाको रुपमा कार्यरत थिए । सइ दासले पर्सा जिल्लामा तस्करी गराउनको लागि तस्कर संग लेनदेन गरेको अडियो र भिडियो त्यतिबेला पनि बेहिरिएका थिए । मधेस प्रदेश कार्यालय जनकपुरले करिब चार वर्ष अघि उनललाई निलम्बन गरेका थिए ।
सर्लाहीको अधिकाँश युनिट मध्ये ख श्रेणीमा रहेका इलाका प्रहरी कार्यालय  हिरापुरको बाटो नेपाल भारत सिमाको अधिकास भाग जोडिएको छ । जिल्लाका अधिकाश युनिट इन्चार्जको अवधी छ महिना रहने गरेकोमा सइ दास करिब ८ महिनादेखी हिरापुरमा अडा जमाएर बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।