असई मनोज यादव र त्रिभुवननगरका महिला तस्कर बविता बिच भएको अडियो संवादको केही अंश
सर्लाही, ३ साउन । सर्लाही जिल्लामा एक पछि अर्को तस्कर–प्रहरी बीच संग भएको अडियो संवादको रेकर्डिङ बाहिरिदा यहाँ तस्करी कार्यमा सुरक्षाकर्मीहरु कति सम्म चुर्लुम्म डुबेको छ भने प्रष्ट रुपमा अडियोबाट प्रमाणित भएका छन् ।
दुई साता अघि जसपा मधेश प्रदेशका अध्यक्ष अशोक यादवले पूर्वाधार कार्यालयमा राति प्रहरीले सुरक्षा दिएर कार्यालयको काम गराईरहेको विषयमा अशोक यादव र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्का बीच बादविवाद भई गाली गलौजमा परिणत भएका थिए ।
नेता यादवले मधेशमा तपाई र तपाईका प्रहरी लुट्न आएको हो, तस्करी गराउन आएको हो भन्ने आरोप विस्तारै पुष्टि हुदै गएको छ । शुक्रवार इलाका प्रहरी कार्यालय हिरापुरका सई बैद्यनाथ दास र आज शनिवार चर्चित घुमुवा असई मनोज यादव बीचको तस्करी संवादको अडियो बाहिरिदा नेता यादवले लगाएको आरोपलाई पुष्टियाई गरेको छ ।
केही दिन अघि जसपा नेता अशोक यादवले भनेको तिमीहरु मधेश लुट्न आएका छौं जस्ता आरोपहरु अहिले बाहिरिएका अडियो रेकर्डबाट पुष्टि गरेको छ । सर्लाही जिल्लामा भईरहेको तस्करी गराउनमा त्यहाँका सुरक्षाकर्मीहरु कतिको संलग्न छन् त्यसको पुष्टि भएको छ ।
शनिवार विहान सामाजिक संजालमा कुख्यात घुमुवा असई र महिला तस्कर बीचको अडियोले निकै चर्चा पाएको छ ।
सर्लाहीको व्रम्हपुरी प्रहरी चौकी इन्चार्जको रुपमा रहेका प्रहरी सहायक निरीक्षक (असई) मनोज यादव र त्रिभुवननगरका महिला तस्कर बबिता बीच भएको अडियो संवादको रेकडिंङ बाहिरिएपछि सर्लाही प्रहरीको साख माथि यतिखेर प्रश्न चिन्ह खडा भएका हुन् ।
बबिता नामक त्रिभुवननगरको महिला तस्करले असई मनोज यादवलाई फोन संवादमा ४ गते सम्म मेरो लाईन रहेपनि महिना पुग्नु अगावै सामानहरु सामातिएकोमा दुखेसो पोखिन । उनी भन्छीन ४ बोरा चिनी, ४ बोरा मटर, लगायतका सामानहरु प्रहरीले किन समात्यो, लाईन अझै बाकी रहदा यसरी सामान समात्दा हाम्रो व्यापार चौपट हुने भयो नी त ।
जिल्लाको आदेशमा समातेको इन्सपेक्टरले समातेको हुँदा गएर त्यसैलाई भन्नुस मनोजले भने । अडियो संवादमा मनोजले पत्रकारलाई पनि तथानाम गाली गरेको सुनिन्छ । डिएसपी इन्सपेक्टरलाई पनि गाली गरे असई मनोज यादवले ।
स्मरणीय छ, गएको दुई बर्ष अघि इलाका प्रहरी कार्यालय संग्राम्पुरमा प्रमुख रहेका असई मनोज यादवले तस्करी गराएको आरोपमा तत्कालिन एसपी प्रविण धितालले निलम्बन गरेका थिए । असई यादव सर्लाहीमा तस्कर संग सेटिंग गरेकै आधारमा अहिले जिल्ला, प्रदेश र प्रधान कार्यालय सम्म पैसाको बलमा घुमुवामा बस्दै रकम उठाउदै आएका छन् ।
आईजी दिपक थापा, डिआइजी उमा चतुर्वेदीको नाममा महिनावारी रुपमा रकम उठाएर पुर्याउने गरेको बलमा असई यादवले सर्लाहीमा आफनो सम्राज्य चलाउदै आएका छन् ।
असई मनोज यादवले पब्लिक घुमुवाको रुपमा राखेका एमडी रब्बानी फकिर र राधे यादव ।
असई यादवले नेपाल प्रहरीकै रासन भत्ताबाट पब्लिकलाई घुमुवा बनाएर रकम उठाउदै आएको श्रोतले बताए । कौडेना गापा २ घर भएका राधे यादव र मलंगवा नगरपालिका ३ का एमडी रब्बानी फकिरलाई सरकारी रासन खुवाएर नीजि कार्यमा असई यादवले परिचालन गरेको ति श्रोतले दाबी गरे । पब्लिक घुमुवाको रुपमा रहेका राधे यादव लागुऔषधको मुख्य कारोवारी रहेपनि त्यसलाई परिचालन गरेर रकम उठाउदै आफना अबैध साम्राज्य असई मनोज यादवले चलाउदै आएको ति श्रोतले बताए ।
श्रोतका अनुसार सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का असई मनोज यादव संग साँझसाँझ भेट्न जानुको राज के हो । असई मनोज यादवको अहिलेका आईजी दिपक थापा संग राम्रो सम्बन्ध रहेका कारण नीज अहिले सर्लाहीमा गोरखधन्धा निर्वाध रुपमा चलाइरहेको बताइएका छन् ।
असई मनोज यादवले हरिवनको ठूलो तस्कर सन्तोष यादव संग मिलेर स्याउको तस्करी गराउदै आएको छ । सन्तोष साह टर्किस मकै लगायतका कार्यमा असाई मनोज यादव चुर्लुम्म डुबेका कारण सर्लाही जिल्ला अहिले तस्करीको साम्राज्य बनेको छ ।
चार दिन अघि बीरगंज भएर भारत पठाइएका स्याउ भारतमा पक्राउ परेको थिए उक्त स्वाउ सन्तोष साह र असई मनोज यादवको सेटिंगमा भारत तर्फ गएको थियो । सर्लाहीमा तस्करी कार्य यति सम्म फस्टाइसकेको छ त्यसलाई रोक्न निकै चुनौतीपूर्ण बन्दै गएको छ । सर्लाहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करीमा चुर्लुम्म डुबेका भाईरल अडियोले प्रमाणित गरिदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले अडियो संवादको अंश यस कार्यालयलाई प्राप्त भएपछि छानविन गरिरहेका छौ, छानविन भएपछि मात्रै केही भन्ने उनले बताए ।