सर्लाहीको बहादुरपुर नाकाबाट खुलमखुल्ला तस्करी, असई जयसवालको सेटिंगमाम तस्करी मौलाउदै

0 Shares
तराई टप संवाददाता
बहादुरपुर (सर्लाही), ३ साउन । सर्लाहीको बहादुरपुर नाका अहिले तस्करीको केन्द्रविन्दु बन्दै गएका छन् ।
बहादुरपुर नाकालाई केन्द्र बनाउँदै भारत–नेपाल सीमामा तस्करीको सञ्जाल सक्रिय रहेका पाइएका हुन् । नेपालबाट भारत तर्फ रक्सी, टर्किस मर्कैको साथै चाइनिज सामानहरु तथा भारतबाट नेपालमा जेनेरिक औषधी, ब्याट्री, माछा, कुखुरा, अन्डा, कपडा, किराना सामान, भैंसी लगायतका वस्तुहरूको ठूलो मात्रामा निर्वाध रुपमा तस्करीको माध्यमबाट नेपाल तर्फ भित्रिने क्रम जारी रहेका छन् ।
  भारतबाट नेपाल भित्रिने र नेपालबाट भारत जानेसम्मको सम्पूर्ण प्रक्रियागत कार्यहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा सञ्चालन हुँदै आएको स्थानीय स्रोतले दाबी गरेका हुन् ।
असई राजु जैसवाल तस्करलाई संरक्षण गरेको आरोप
स्रोतका अनुसार बहादुरपुर नाकामा कार्यरत असई राजु जैसवाल तस्करीका मुख्य संरक्षकका रूपमा चिनिँदै आएको छ । उनी प्रत्येक व्यापारीहरूबाट मासिक रूपमा सात देखि १० हजार रुपैयाँ भन्दा बढी असुली गर्दै आएको खुलेको छ । यति मात्र होइन, बचवा माछा र भैंसी व्यापारीहरूबाट प्रत्येक खेपमा नगद असुली गर्ने गरिएको छ । केही व्यापारीहरूलाई लाइन दिने र अरूको सामान जफत गर्ने, धम्की दिने, भन्सार बुझाइदिने नाममा रकम असुली गर्ने, मोटरसाइकल तथा साइकल चोकमा राखेर डरत्रास फैलाउने कार्य गरिरहेको श्रोतको दाबी छ ।
औषधी तस्करीमा होलसेल पसलहरूसँग सेटिङ
सीमा क्षेत्रमा भारतबाट जेनेरिक औषधीहरुको तस्करी हुँदै आएको र ती औषधीहरू सर्लाहीको ग्रामीण हाटबजारमा सञ्चालित खुद्रा औषधी पसलहरूमा पुर्याउने काम भइरहेको स्रोतले बताएको छ । यो कार्य सिमाना नजिकै रहेका होलसेल औषधी पसलहरू र सुरक्षाकर्मीको सेटिङमा हुँदै आएको उल्लेख गरिएको छ । भारतीय बजारबाट औषधी ल्याएर नेपाली पसलमा पुर्याए वापत तस्करहरूले २५–३० प्रतिशत कमिशन समेत पाइरहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठमा तस्करी मौलाउदै 
तस्करी सञ्जालको सफल संचालनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको संलग्नता रहेको आरोप लाग्दै आएको छ । दर्जनौं व्यापारीहरूसँग मासिक रकम उठाएर तस्करीलाई संरक्षण दिइँदै आएको जनाइएको छ । सोही कारणले, तस्करी सम्बन्धी उजुरी वा कारवाहीमा ढिलासुस्ती वा बेवास्ता गर्ने प्रवृत्ति अचेत दुबै संगठनमा देखिदै गएका छन् ।
सीमा क्षेत्रको जिम्मेवारी लिएर बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यशैली अपराध नियन्त्रण एवं राजस्वलाई बढाउनुपर्नेमा अहिल उल्टै देखिएको हुँदा आउदा दिनमा यस्ता कार्यलाई निरुत्साहित गरिएन भने ठूलो भयाभय रुप लिने निश्चित रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।