बदनाम घुमुवाहरुको संरक्षणमा लागेपछि डिआईजी माथि प्रश्न चिन्ह् खडा

0 Shares
उर्वर भुमिको रुपमा चिनिने मधेश प्रदेशमा आफनो काम कत्र्तव्यबाट विमुख भई प्रहरीका घुमुवाहरु आर्थिक चलखेलमा लाग्दा डिआजी माथि प्रश्न चिन्ह् खडा भएका छन् ।
मधेश प्रदेशमा बदनाम रहेका सादा पोशाक (घुमुवा) का प्रहरीहरु आर्थिक आतंक मचाईरहेका एवं तस्करहरु संग लाइनको कुरा गर्ने घुमुवालाई डिआई उमा चतुर्वेदी संरक्षण गर्न थाल्दा उनी माथि गम्भीर प्रश्न चिन्ह् खडा भएका हुन् ।
डिआइजीको संरक्षण पाएपछि मधेस प्रदेसका जिल्लाहरुमा नेपाल प्रहरीको घुमुवाहरुले आर्थिक आतंक नै मच्चाएको विभिन्न समयमा बाहिरिएको अडियो संवादले पुष्टि गरिदिएको छ । भर्खरै सर्लाहीबाट बाहिरिएर भाइरल बनेका अडियो संवादबाट कति हद सम्म घुमुवाहरुको पहुँच उच्च पदस्थ प्रहरीहरु समक्ष रहेको छ भने प्रमाणित गरेको छ ।
इलाका प्रहरी कार्यालय हिरापुरका सई बैद्यनाथ दास र ब्रम्हपुरी प्रहरी चौकी इंचार्ज असई मनोज यादवले तस्कर संग गरेको कुरा कानीको संवाद बाहिरिदा दासलाई हेड क्वाटरले निलम्बन गर्यो भने मनोज यादवलाई निलम्बन गर्ने पत्र तयार भएपनि डिआइजीको निर्देशनमा कारवाहीको कुनै प्रक्रिया अगाडी बढाउने सर्लाही प्रहरीले साहस गर्न सकेनन् ।
सर्लाही प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काको कमजोर कमाण्डिङका कारण जिल्लाको भारत संग जोडिएका सीमावर्ती क्षेत्र होस वा अन्य स्थानका प्रहरी युनिटहरु आर्थिक चलखेलमा संलग्न रहेका कारण सर्लाही जिल्लामा विभिन्न कारणबाट प्रहरी बदनाम हुँदै गएको छ ।
डिआईजी चतुर्वेदीको विश्वासपात्र मानिने पिए एवं वरिष्ठ सई कुवेर खतिवडा मार्फत समन्वय गराएर संरक्षण पाएका घुमुवाहरुले मुख्यतयः धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरीका विभिन्न नाकाहरुमा आर्थिक आतंक मच्चाएका छन् । असई मनोज यादवलाई जोगाउने डिआईजीको पिए कुवेर खतिवडा नै रहेको प्रहरी श्रोतबाट बुझिएको छ ।
कुबेर खतिवडा अहिले सबै आथिक करोबार सम्हाल्दै आईरहेको स्रोत बताउछँन् । डिआईजी चतुर्वेदीको आशिर्वादमा उनलाई घुमुवाको उन्नतीका लागि खटाउने कमाण्डर बनाइएको छ । बरिष्ठ सई खतिवडा देखि मधेस प्रदेशका जिल्लाका एसपीहरू समेत डराउने गर्दछन् ।
त्यतिमात्र नभएर मधेस प्रदेशमा डिआईजी चतुर्वेदीको निर्देशनमा जुवा भइरहेको गुनासो पनि छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा देखि, डिआईजी चतुर्वेदी र ८ वटै जिल्लाका प्रहरी प्रमुखहरुको नाममा घुमुवाहरुले जुवाको खालबाट समेत पैसा उठाउने गरेको श्रोतले आरोप लगाए ।
त्यस्तै घुमुवा टोलीले तस्करसँग पनि पैसा उठाउने गरेको बताइएको छ । मधेस प्रदेशमा पछिल्लो समय लत्ताकपडा, चिनी, मल, केराउ, लागूऔषध, पाउडर दूध, काजु, कवाड जस्ता सामाग्रहीहरु तस्कर भइरहेको छ । तस्करीको लाइन मिलाउने काम यिनै घुमुवाहरुले गर्ने गरेका छन् ।
जसको कारण तस्कर र घुमुवाहरुबीच सम्बन्ध समेत प्रगाढ भएको बताइन्छ । धनुषाको जटही, खजुरी, मैनाथपुर, दुहबी, बारा, पर्सा, सर्लाही, रौतहट, सिरहा सप्तरी र महोत्तरीको विभिन्न नाकाहरुबाट डिआईजीको नाममा रकम असुली गरेर तस्करीको लाइन दिएका छन् ।
डिआईजीको आर्शिवादले घुमुवा बन्न सफल भएका बरिष्ठ सई खतिवडाको निर्देशनमा परिचालन गरिएका सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पसा, रौतहट र महोत्तरीको विभिन्न नाकाबाट तस्करी लाइन दिएबापत तस्करहरुसँग उठाएको रकम तल्लो दर्जाको हाकिम देखि माथिल्लो निकाय सम्म तस्करीको नजराना पुर्याउने गरिएको श्रोतले दाबी गरे ।
यसअघि उनीहरु सबैजना विगत १० वर्षदेखि धनुषा प्रहरीमा बसि व्यापारीसँग रकम उठाउने गरेको समाचारहरु समेत सार्वजनिक भएको थियो ।  यतिबेला मधेस प्रदेशमा प्रहरी सुरक्षाका लागि नभएर तस्करी गराउनका लागि सक्रिय भएको जनगुनासो सुन्न पाइन्छ ।
बरिष्ठ सैई खतिवडा  उनै व्यक्ति हुन् जो पिए भएर पनि घुमुवा नाम बेचेर पैसा उठाउने गर्न गरेको प्रहरी स्रोतले बताउछ । मधेस प्रहरी प्रमुख हुँदा पनि घुमुवाको कमाण्डर थिए । चतुर्वेदी सिरहा जिल्लाको प्रमुख हुँदा खतिवडा   सँग चिनजान भएको स्र्रोत बताउँछ । जसले गर्दा उनी अहिले डिआईजीको विश्वासिला पात्र बन्न पुगेको चर्चा छ ।
यस विषयमा मधेश प्रदेश प्रहरी प्रमुख डिआजी उमा चतुर्वेदी संग सोध्दा प्रदेशमा अहिले मिटिंगमा छु पछि कुरा गर्नुस भन्दै पन्छिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।