रौतहटमा वन अतिक्रमण गरेर बस्ती बनाउने कार्य तिव्र, सम्बध निकाय बेखवर

   २८ मंसिर २०७८, मंगलवार १६:४९  

तराई टप
रौतहट, २८ मंसिर । रौतहटको वन क्षेत्रमा अतिक्रमण गरी घरटहरा बनाउने कार्य तिव्र रुपमा बढिरहेको भएपनि सम्बन्धित निकाय त्यस कार्यबाट बेखवर रहेको पाइएको छ ।
जिल्लाको विभिन्न वन क्षेत्रमा हरिया हरियो रुखहरु कटान ढलान गरेर जरो समेत उखेली केही दिन सम्म खाली पत्ती खेतबनाई खनजोतमा प्रयोग गर्दै घरटहरा बनाउने प्रचलन यतिखेर रौतहटको वन क्षेत्रमा भईरहदा समेत सम्बध निकाय बेखवर हुनु जिम्मेवारी पनाको हद पारको स्थानीय बासिन्दाहरुले आरोप लगाएको हो ।
बृन्दावन नगरपालिका वाड नम्वर १ को बलेरीखोरको जंगल अतिक्रण गरेर घर बनाउने क्रम तिव्र रुपमा बढेको पाइएको छ । केही बर्ष पहिला सुकुम्बासीको नाममा जंगल फडानी गरेर भोटे टोल स्थापना भएको र पछिल्लो समय सोही टोलमा वन मासेर घर टहरा बनाउने क्रम बढदै जान थालेको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतमा रहेको बलेरी रेन्जपोष्ट वन कार्यलयका कर्मचारीको मिलेमतोमा वन मासेर घर टहरा बनाउने क्रम बढदै जान थालेको स्थानीयहरुले जानकारी दिए । केही समय पहिला डिभिजन वन कार्यालयले नर्सरी बनाएर बृक्षरोपण गरेको स्थानमा धमाधम घर बनाउँदा समेत सम्बन्धीत निकायले कुनै वास्ता नगरेको स्थानीय बासिन्दा नागेन्द्र राउत कुर्मीको गुनासो गरे ।
राउतले भने, वन फडानी गरेर बलेरीका ठुला बडाहरुले पक्की घर नै निर्माण गरेको छ, त्यसको लागि नियमकारी निकाय खैत ? उनले प्रश्न गरे, यो सवै वन कर्मचारीहरुका कारण वन मास्दै अतिक्रमण भइरहेको उनले गम्भीर आरोप लगाए । भिडिजन वन कार्यालयको मौनताको कारण बलेरीमा वन फंडानी गरेर यस वर्ष मात्र एक दर्जन भन्दा बढी नयाँ घर निर्माण भएका छन् ।
बलेरीमा मात्रै नभई जिल्लाको अन्य स्थान सिम्री, भोलनटार, हिलेखोला, तोरीबारी, महादेव डाडा, गैडाटार सहितको विभिन्न वन क्षेत्रको जग्गाहरु अतिक्रमण गरेर घर टहरा बनाउने क्रम रोकिन सकेको छैन । सुकुम्बासीको नाममा बिभिन्न स्थानमा जग्गा जमिन भएकाहरुले समेत जंगलमा घर टहरा बनाउने क्रमलाई तिव्रता दिएको छ तर सम्बध निकाय बेखवर छ जसको कारण अतिक्रमण गरेर घर टहरा बनाउनेहरुको अहिले रौतहटमा रजगज रहेको राउतले बताए ।
वन अतिक्रमण किन रोकिएन होला भनेर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवसंग सोध्दा हामी निरन्तर रुपमा प्रयास गरिरहेका छौं अधिकाँश स्थानमा कुनै न कुनै दल संग सम्बध रहेको हुँदा हामीलाई अतिक्रमित बस्ती खाली गराउन निकै गाह्रो भएको जवाफ दिए । तर हामी खाली गराउने विभिन्न राजनितिक दल मार्फत दवाव सृजना गर्ने प्रयास गरिरहेको जवाफ दिए ।
राजनितिक दलको संरक्षणका कारण अतिक्रमण वनको जमिन खाली गराउन समस्या भएको वन कार्यालय स्रोतबाट बुझिएको छ । स्रोतका अनुसार बलेरीमा भएको वन अतिक्रमणको जग्गा खाली गराउन डिभिजन वन कार्यालयले कयौं पटक प्रयास गरेको र राजनितिक दलको संरक्षणका कारण वन कार्यालयको प्रयास असफल हुने गरेको छ । वन अतिक्रमण गरेर वसोबाँस गर्दै आएकाहरुले पहिला बस्ने ठाउँबाट बसाईसराई समेत गराउन थालेको छ ।
राजनितिक संरक्षणमा पहाडबाट र दक्षिणी भेगबाट मानिसहरु गएर बसोबास गरेको कारण वन अतिक्रमण यतिवेला रौतहटमा तिव्र रहेको पाइएको छ । जिल्लाको उत्तरी भेगमा रहेको भोलनटारमा तिन हजार हेक्टर भन्दा बढि वन क्षेत्र मासेर बस्ती बसेको छ । अनाधिकृत रुपमा बसेको बस्तीमा खानेपानी, विजुली, विद्यालय, लगायतको व्यवस्थापन गरिएको हुँदा कसरी अतिक्रमित बस्तीलाई खाली गराउन सकिन्छ वन कार्यालय श्रोत भन्छन् । यहाँ राजनितिक संरक्षणमा दिनप्रति दिन वन मासिदै छ, यसवारे हामी जानकारी माथिल्लो निकायमा गराउदा समेत कुनै निर्देशन नआएपछि हामी चुप लागेर बसेको ति श्रोतको दाबी रहेको छ । वन अतिक्रमण गरेर बस्नेहरुको मुख्य उद्देश्यनै काठ तस्करी गर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै