चिकित्सक माथि हातपात गर्ने विरुद्ध कारवाहीको माग गर्दै प्रादेशिक अस्पताल मलंगवाका आकस्मिक बाहेक अन्य सेवाहरु ठप्प गरेर चिकित्सकहरु आन्दोलित

0 Shares
सर्लाही, ७ साउन । प्रादेशिक अस्पताल मलंगवामा विरामीहरुलाई चेकजाँच गरिरहेकै बेला चिकित्सक माथि हातपात गर्नेहरुलाई स्थानीय प्रशासनले तत्कालै कारवाही नगरेपछि आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलित भएका छन् ।
प्रादेशिक अस्पताल मलंगवामा कार्यरत अर्थोपेडिक डा. कृष्णजंग साह सोमवार रातिको समयमा पनि सिकिस्त विरामीलाई चेकजाँच गरिरहेपनि विनाकारण विरामीका कुरुवाले अनावश्यक गाली गलौज गर्दै हातपात गरेका थिए । चिकित्सक साहले आफनो मानविय धर्म निर्वाह गरिरहेको अवस्थामा चिकित्सक माथि हातपात गरेको सिसिटिभी क्यामरामा रेकर्डलाई समेत राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी निवेदन दिदा समेत स्थानीय प्रहरी प्रशासन गम्भीर नबनेपछि बाध्य भएर आकस्मिक कक्ष बाहेका सम्पूर्ण सेवाहरु ठप्प पारेर आन्दोलित भएका हुन् ।
अस्पतालका चिकित्सकले कुटपिट गर्नेमाथि कारवाही हुनुपर्ने माग गर्दै आकस्मिक सेवा बाहेक ओपिडी, ल्याब, एक्सरे लगायतका अन्य सेवा पूर्ण रूपमा बन्द गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीमाथि कानुनी कारवाहीको माग गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।
गत सोमबार राति ७.५० बजे अस्पतालमा हड्डी भाँचिएर उपचारका लागि आएका मलंगवाका एक बिरामीलाई अलि धर्य गरेमा यही ठिक गरिदिन्छु भनेपछि  विरामीका कुरुवाले डा. साहमाथि हातपात गरेका थिए ।
अस्पताल प्रशासन र नेपाल चिकित्सक संघले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक कुटपिट गर्नेमाथि कारवाहीको माग गरेको छ ।
चिकित्सकको आन्दोलनका कारण आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएपछि उपचारका लागि आउने अन्य सेवाग्राही समस्यामा परेका छन् ।
अर्थोपेडिक डा. कृष्णजंग साह भन्छनः सोमवार राति आकस्मिक कक्षबाट कल आएको एक मिनेटमै उपस्थित भएर त्यहाँ रहेका ९ जना विरामीहरुको चेकजाँच गरेर उपचार पश्चात एक जना विरामीको कम्मरको हड्डी भाँचिएको अवस्थामा रहदा यदी विश्वास गर्नुहुन्छ भने यही ठिक पारिदिन्छु भन्दै विरामीको मनोभावनालाई काउन्सलिंग गर्दै गर्दा उक्त विरामीका कुरुवाले गाली गलौज गरी हातपात गर्न थाले ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ४० बर्षीया रेणु देवी नाम गरेकी विरामीको दाहिने छेउको एक्स्ट्राआर्टिक्युलर स्क्यापुला भाँचिएको हुँदा यो गम्भरि रहेको भनेपछि विरामीका कुरुवा आफूलाई पत्रकार भनाउने सत्यप्रकाश यादव र राधेश्याम यादव सहितका केही अपरिचित व्यक्तिहरुले आफू माथि हात पात गरेको भन्दै डा. साहले  रहेका व्यक्तिको नाममा किटानी जाहेरी दिएको छु तर अहिले सम्म उनीहरुलाई पक्राउ नगर्दा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको गुनासो गरे ।
डा. साह भन्छन्, विर हस्पीटलको ट्रमा सेन्टरमा कार्यरत रहेपनि बुवाआमा बुढो भई विरामी रहदै आइरहेको अवस्थामा आफनै गाउँसमाजमा गएर सेवा गर्ने उद्देश्यबाट ६ महिना अघि प्रादेशिक अस्पताल मलंगवामा आएर अनवरत रुपमा सेवा प्रवाह गर्दै आएका छौं, अहो रात्र खटेर स्थानीय बासिहरुलाई सेवा गर्दै आएपनि एसपी यादव भन्न सत्यप्रकाश यादव सहितका व्यक्तिहरुद्वारा गरिएको आक्रमणबाट काम गर्ने जाँगरलाई हल्लाइदिएका छन् । म माथि आक्रमण गर्नेहरुलाई कानुनी कारवाही नभएसम्म आन्दोलन जारी रह्ने उनले चेतावनी दिए ।
घटनामा संलग्न व्यक्तिलाई तत्काल गिरफ्तार गरी स्वास्थ्यकर्मीको सुरक्षा र संरक्षण सम्बन्धी कानून बमोजिम कारबाही गर्न माग गरे । रेणु देवी (उनीहरूको आफन्त) नामकी बिरामी, जसको स्क्यापुला भाँचिएको थियो । यी व्यक्तिहरूको कार्य आपराधिक मात्र होइन, आकस्मिक चिकित्सा सेवामा गम्भीर अवरोध पुर्याएको थियो र मेरो हेरचाहमा रहेका अन्य बिरामीहरूको जीवनलाई जोखिममा पारेको प्रहरीलाई दिएको निवेदनमा उल्लेख रहेको छ ।
प्रहरी प्रशासनलाई तत्काल हस्तक्षेप गर्न अनुरोध गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई ढिलाइ नगरी नियन्त्रणमा लिनुस पिडित डा. को भनाई छ । सीसीटीभी फुटेजको आधारमा प्रहरीलाई अनुसन्धान गरेर जो दोषि भए त्यसलाई कारवाही गर्न जोडदार रुपमा डा. कृष्णजंग साहले माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।