संघियता विरोधलाई नाँगो झार पार्न मुख्यमन्त्री राउतको उदघोष

   २८ मंसिर २०७८, मंगलवार १७:०५  

तराई टप
सर्लाही, २८ मंसिर । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले संघियता समाप्त पर्ने मनसायबाट ओतप्रोत भएका षड्यन्त्रकारीहरुलाई नाँगो झार बनाउनु जरुरी भएको बताए ।
सर्लाहीको बरहथवा नगरपालिका १७ श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनका प्रदेश २ को मुख्यमन्त्री राउतले उदघाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री राउतले संघिय गणतन्त्रको ढाँचालाई समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकार विरुद्ध अनेक षड्यन्त्र जालझेल गरेर बदनाम गरिरहेको आरोप लगाए ।
प्रदेश सरकारको अधिकार कुण्ठित हुन नदिन संघिय सरकार सँग निरन्तर प्रदेशको हक अधिकारको लागि संघर्ष गरिरहेको बताए । कोरोनाको कारण अवरुद्ध भएको छोरी शिक्षा बीमा कार्यक्रम पुन ः चाँडै सूचारु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बरहथवा नगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामविश्वास रायको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यद्धय अशोक यादव र सञ्जय कुमार यादव, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो लगायतको उपस्थिति रहेका थिए ।
बरहथवा नगरपालिकाको ४० लाख र वडाको ६ लाख गरी कूल ४६ लाखको लागतमा श्रीपुर नयाँटोलको कटानी बजारमा एक तले वडा कार्यालय भवन निर्माण गरिएको भवनको सोमबार मुख्यमन्त्री राउतले उद्घाटन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै