रौतहट उद्योग वाणिज्य संघको अध्यक्ष सहित निर्वाचित सदस्यहरुको सपथ

0 Shares
रौतहट, ७ साउन । रौतहट उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरुले बुधवार एक समारोहका बीच सपथ लिएका छन् ।
रौतहट उद्योग वाणिज्य संघ गौरको सभा कक्षमा आयोजित नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख निर्वाचन संयोजक वृजकिशोर यादवले निर्विरोध निर्वाचित अध्यक्ष रवीन्द्रनाथ गोपालीलाई सपथ खुवाएका हुन् ।
निर्विरोध निर्वाचित अध्यक्ष गोपालीले निर्वाचन प्रक्रियाद्वरा निर्वाचित भएका सदस्यहरुलाई सपथ खुवाए संगै आज देखि औपचारिक रुपमा तीन बर्षीय कार्यकालको औपचारिक रुपमा आरम्भ भएका छन् ।
सपथग्रहण कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले रौतहटको उद्योगी व्यवसायीको हक हितमा इमान्दारी पूर्वक काम गर्नुपर्ने जिकिर गर्दै उद्योग व्यापार क्षेत्र मुलुकको मेरुदण्ड भएको हुँदा राज्यको नीति निर्देशन अनुरुप हिडेर राज्य संग सहकार्य गर्न सक्ने क्षमताको निर्माण गर्न सुझाव दिए । संघका अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदै कार्यकालको पूर्ण सफलताको उनले शुभकामना दिए ।
रौतहट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवप्रयाग गुप्ता, पूर्व महासचिव राजकिशोर यादव, गौर नपा ५ का वडाध्यक्ष शिवशंकर गुप्ता, नेपाल पत्रकार महासंघका अध्यक्ष संजयकुमार कार्की, घरेलु कार्यालयको प्रमुख रिंकी जयसवाल, कर सेवा कार्यालय गौरका प्रमुख लगायतका वक्ताहरुले निर्वाचित पदाधिकारीहरुको कार्य पूर्ण सफलताको साथै व्यापारीहरुको हितमा समर्पित रहन शुभकामना दिए ।
कार्यक्रम निर्वाचन समितिका संयोजक वृजकिशोर यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरीका एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरिक्षक सन्तोषकुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, संघका पूर्व पदाधिकारीहरु, निर्माण व्यवसायी संघका कोषाध्यष विक्रान्त नेपाल (पालु), लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रनाथ गोपाली सहित निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण ग्रहण गर्दैको तस्वीर फिचरः 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।