नेपाली काँग्रेसको दोश्रो चरणको मतदान सुरु

   २८ मंसिर २०७८, मंगलवार १७:२२  

तराई टप
काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापति चयनको लागि चाहिने ५० प्रतिशत मत कसैले प्राप्त गर्न नसकेपछि पुन ः मंगलवार दिउसोबाट दोश्रो चरणको मतदान सुरु भएको छ ।
पहिलो चरणमा कसैले पनि खसेको मतसंख्यामा ५० प्रतिशत भन्दा बढि मत ल्याउन नसक्दा दोश्रो चरणको मतदान सुरु भएको हो । केन्द्रीय कार्य समितिको तर्फबाट पहिलो मत प्रधानमन्त्री शेरबहादुर देउवाले खसालेको देउवा निकट श्रोतले बतायो । देउवाले मदलान गर्नु अघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।
नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेश अन्तर्गत सोमवार भएको निर्वाचनमा देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुगले २२ मत पाएका थिए । कुल खसेको मत मध्ये कसैले पनि ५० प्रतिशत पार नगर्दा अहिले पुन ः सभापतिको लागि देउवा र कोइराला विच प्रतिष्पर्धा छ र उनीहरु मतदाताहरु संग मत माग्नमा व्यस्त रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै