तराई टप
रौतहट, २८ मंसिर । गौर नगरपालिकाको खानेपानी कार्यालय नजिकको पोखरीमा डुबेको अवस्थामा एक पुरुष व्यक्तिको शव मंगलवार दिउसो फेला परेको छ ।
गौर नपा २ स्थित रहेको उक्त पोखरीको दक्षिण तर्फ जलकुम्भीमा कुनै व्यक्तिको शव रहेको स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले नगरपालिकाको जेसेभी मेशिनको सहायताबाट उक्त पुरुष व्यक्तिको शव निकालेको हो ।
पोखरीबाट निकालिएका पुरुष व्यक्तिको शव एकलाख खानको रुपमा सनाखत भएको छ । गौर नपा २ का ३० बर्षिय एकलाख खान पोखरी छेउमै डेरा लिएर बसेको तथा दुई दिन देखि घर नआएको बुझिएको छ । मृतक एकलाख छारे रोगबाट ग्रसित रहेको हुदा पोखरी छेउमा गएपछि पानी हेर्दा त्यही ढलेर डुबेको हुन सक्ने आशंका स्थानीय बासिन्दाहरुले गरेको छ ।
प्रहरीले उक्त शवलाई पोष्टमार्टमको लागि गौर अस्पताल पठाइएको तथा सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्त सुनिल मल्लले जानकारी दिए । शवको प्रकृति हेर्दा दुई दिन अघि नै पोखरीमा डुवेको समेत उनले आशंका गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन