चन्द्रपुरमा अव्यवस्थित पाकिंग हटाउन युवाहरुद्धारा नपा र सडक डिभिजनको कार्यालयमा तालाबन्दी गरे

   २० कार्तिक २०७७, बिहीबार १६:३०  

रौतहट २० कार्तिक । पुर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा बढ्दै गएको अव्यवस्थित पार्किंगको समस्याबाट पिडित भएर स्थानीय युवाहरु नगरपाकिलाको कार्यालय तथा सडक डिभिजन कार्यालय चन्द्रपुरमा विहिवार विहान तालाबन्दी गरेको छ ।
बुधबार अव्यबस्थित पार्किङको कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का २० बर्षिय बिशाल थापा मगरको दुर्घटनामा परी मृत्यु भएपछि चन्द्रपुरका युवाहरुले अव्यवस्थित पार्किङ हटाउनको लागि चन्द्रपुर नगरपालिकाको कार्यालय तथा सडक डिभिजन कार्यालयमा आज विहान तालाबन्दि गरेको हो ।
नेपाल सरकारको मापदण्ड अनुसार पुर्व पश्चिम राजमार्गमा २५ मिटर तथा चन्द्रपुर देखि गौर सडक खण्डको १५ मिटर सडक खाली गर्नको लागि सो कार्यालयहरुमा तालाबन्दि गरिएको नेपाली काग्रेंस रौतहटका नेता सुमन गौतमले जानकारी दिए । ट्राफिक व्यवस्थापन तथा सम्बन्धित निकायको चरम लापरबाहीको कारण दिनदिनै दुर्घटना बढ्दै गएको गम्भीर आरोप लगाउदै चन्द्रपुरको सडकमा जथाभावी रुपमा पाकिंग, सडक पसल, लगायतका विभिन्न अवरोधहरुलाई हटाउन सम्बन्धित निकाय असक्षम रहेकोमा युवाहरुले आज दुवै कार्यालयमा एक घण्टा सम्म ताला लगाएर विरोध जनाएको उनले स्पष्ट पारे ।
सम्बन्धित निकायबाट युद्धस्तरमा अव्यवस्थित पाकिंग नियन्त्रण गरिएन भने युवाहरुको समुहले आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । पछिल्लो समय चन्द्रपुरको सडकको अवस्था अस्तव्यस्त रहेको कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै