फरार रहेका नापी अधिकृत सञ्जय साह र पीडित बीच मिलापत्र, उन्मुक्ति पाएका साह विरुद्ध सम्पत्ती छानविन हुनुपर्ने आवाज उठ्दै

0 Shares
रौतहट, १३ साउन । एक करोड भन्दा बढि रकम ठगी गरेर फरार रहेका नापी कार्यालयको अधिृकतलाई पीडित संग मिलापत्र गराएर कारवाही हुनबाट प्रहरीले जोगाएको घटना सार्वजनिक भएको छ ।
एक करोड भन्दा बढि रकम ठगी गर्ने नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुख सञ्जय साहले रकम ठगेर फरार भई भुमिगत अवस्थामै पीडितलाई मिलाएर कारवाही हुनबाट रौतहट प्रहरीले जोगाएपनि उनको आर्जेको सम्पत्ती छानविन गर्नुपर्ने आवाज उठेको हो ।
सरकारी कर्मचारीको हैसियतमा रहेका नापी अधिकृत साहले निजी व्यवसायमा संलग्न रही विश्वासको दुरुपयोग गर्दै ठगी गरेको हुँदा इलाका प्रहरी कार्यालय गरुडले रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएपनि कर्मचारीलाई जोगाउनमा प्रहरीनै संलग्न रहदा दोषी साह अहिले उन्मुक्ति पाएपछि रौतहट प्रहरी माथि सेटिंगको आरोप लगिरहेको छ ।
कारबाहीबाट उन्मुक्ति पाएपछि गएको आईतबार नापी अधिकृत साह कार्यालयमा हाजिर भएका छन् । तर, उनी लामो समय कार्यालयको सम्पर्कमा नरहेपछि विभागले समेत उनलाई कारवाही नगरी जोगाएको छ । कानुनी झमेला बाट उन्मुक्ति पाएका नापी अधिकृत साहले जग्गा व्यवसायमा गरेको लगानी र ठगेको रकम फिर्ता गरेपछि सम्पत्तिको श्रोत खोजी हुनु पर्ने स्थानीय सरोज चौधरीले बताए ।
नापी अधिकृत साहले रौतहटको गरुडा नगरपालिका–६ पोठियाही निबासी सन्तोषकुमार चौधरी सँगको संयुक्त लगानीमा काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको नाममा रहेको सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ को कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन खरिद गरेको बर्ष दिन नपुग्दै एकलौटी बिक्री गरेर ठगी गरेको आरोपमा जिल्ला अदालत गौरबाट पक्राउ पुर्जी जारी भएपनि उनी पीडित सँगको मिलापत्रमा उन्मुक्ति पाए ।
ईलाका प्रहरी कार्यालय गरुडाले जेष्ठ १३ गते जिल्ला अदालत रौतहटबाट पक्राउ पुर्जी जारी गरेपछि फरार रही भुमिगत अवस्थामा पीडितलाई रकम फिर्ता गरेसंगै उनको मुद्दा  गत बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको बताइएको छ । नापी अधिकृत साहका प्रतिनिधि जीतनारायण साहले जग्गा धनीको छोरा धीरज श्रेष्ठको नाममा जम्मा गरेको उक्त रकम पीडित संतोष चौधरीको श्रीमती अजीता कुमारी चौधरीको बैक खातामा रकम जम्मा गरेका हुन ।
तर, जमिन खरिद गर्ने समयमा नापी अधिकृत साह स्वयमले जग्गा धनीलाई रकम बुझाएको पीडितपक्षले बताए । नापी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहदा कित्ताकाटमा जग्गाधनीसँग अनाधिकृत रकम लिएको देखि बिचौलिया सँगको मिलेमतोमा जग्गाको कारोबार गरेको आरोप उनीमाथि लागेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले ठगेको रकम पीडितलाई  फिर्ता गरेपछि उन्मुक्ति मिलेको बताए ।
एक सरकारी कार्यालयका अधिकृत स्तरका कर्मचारी विचौलिया संग साँठगाँठ राखी अकुत सम्पत्ती जोड्ने अर्को तर्फ जग्गा कारोवारमा लाग्ने जस्ता गैर कानुनी कार्य गरेपनि न रौतहट प्रहरीले कारवाही गर्यो ? न विभागले नै सबै निकायहरु सेटिंगकै आधारमा नापी अधिकृत साहलाई उन्मुक्ति दिएको हुँदा निज विरुद्ध सम्पत्ती सुद्धिकरणमा छानविन हुनुपर्ने स्थानीय बासिन्दा चौधरीले माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।