पत्रकार किन असुरक्षित बन्दैछ ?

0 Shares
प्रभातकुमार झा
भनिन्छ समाजको आइनाको हो पत्रकार, आइनालाई जति सफा राख्यो भने त्यतीकै अनुहार सफा देखिन्छन् ठिक त्यस्तै समाज रुपान्तरणमा पत्रकारको भुमिका निकै महत्वपूर्ण रहने गर्दछन् ।
तर पछिल्ला समयमा पत्रकार माथि आक्रमण एवं दुव्र्यवहारको घटनाबाट एक पटक फर्केर आफूलाई हेर्ने हो की ? जस्तो प्रश्न यतिखेर उब्जीदै गएको छ । अभिव्यक्ति स्वतन्त्रताका स्वरुपनै पत्रकारहरु विकृति एवं विसंगती विरुद्ध अनवरत रुपमा कलम चलाई समाजबाट कुरितीहरुलाई निरुत्साहित गरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।
सत्य कुरा पस्कन नसक्ने देशमा वाक स्वतन्त्रता हुँदैनन, तानाशाह हावी भएको देशमा अभिव्यक्ति स्वतन्त्रता हुदैन तर नेपाल जस्तो देशमा पनि सध्य रुपमा पत्रकारिता गर्ने व्यक्तिहरुको जीवन सुरक्षीत रहेको महसुस गर्दैनन् । कहिले काँही संचारक्षेत्रका व्यक्तिबाट पत्रकारहरु प्रताडित भईरहेको पाइन्छ ।
गत साता रौतहटको मौलापुर नगरपालिकामा सडकको विषयलाई लिएर स्थानीय र प्रहरी बीच तनावको वेला स्थानीय पत्रकार राजकुमार यादवले लाइभ गर्दा केही व्यक्तिद्वारा हातपात गर्दै दुव्र्यवहारको शिकार बन्नु पर्यो । प्रहरीकै अगाडी यस्तो घटना हुँदा समेत केही गर्न नसक्दा सञ्चारकर्मी असुरक्षित हुनु स्वभाविकै हो ।
यसैगरी हिजो मात्रै चन्द्रपुरमा कुनै घटनाको भिडियो वा फोटो तान्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा भिडियो डिलिट गर्न लगाए । ति पत्रकारद्वय आफ्नो आइडी कार्ड देखाउदा समेत डिलिट गरेर दुव्र्यवहारको शिकार बन्नु परेको घटनाबाट रौतहटका पत्रकार स्थानीय जनप्रतिनिधि देखि लिएर सुरक्षाकर्मीहरुबाट नै पीडित रहेको पाइयो ।
पत्रकारिताको पनि एउटा ऐन कानुन रहेको छ । कुन अवस्थामा तस्वीर वा भिडियो खिच्ने हो, पत्रकार सुरक्षित भएर मात्रै ति सबै कार्य गर्दा कतै असुरक्षित हुदैनन् । रौतहटमा पत्रकारको संख्या बढेपनि गुणात्मक रुपमा वृद्धि नहुँदा वेलावखतमा पत्रकार माथि यस्ता घटना हुँदा सिंगो रौतहटको पत्रकारिता जगत माथि प्रश्न चिन्ह् खडा हुन आउँछन् ।
यस्ता विकृति एवं विसंगतीलाई दुर गर्न नेपाल पत्रकार महासंघले ठोस कदम चाल्न जरुरी रहेको छ । यहाँ कार्यरत जतिपनि पत्रकारहरु रहेको छ उनीहरु संग अन्तरक्रिया कार्यक्रम मार्फत पत्रकारिता तालिम नलिएका एवं पत्रकारिता विषयमा परिपक्क नभएकाहरुलाई महासंघले यथार्थ जानकारीहरु गराई उनीहरुलाई पनि मुलधारमा ल्याउनमा मद्दत गर्नुपर्ने अन्यथा रौतहटको पत्रकारिता जहिले पनि बदनाम एवं अपमानित हुदै जाने छ ।
आधुनिक परिवेशमा पत्रकारिता विषयको अध्ययन गरेर आउनेहरुलाई अलि राम्रो हुने तर विना पढेलेखेका, सबै क्षेत्रबाट विरक्त भएर पत्रकारितामा लागेकै कारण रौतहट सहित तराई मधेशका पत्रकारिता बदनाम हुँदै गएको जाँदा यसलाई सुधार गर्न नेपाल पत्रकार महासंघ गम्भीर भएर लाग्नुपर्ने आजको आवश्यक्ता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।