राजपुर (रौतहट), १७ साउन । रौतहटको राजपुर नगरपालिकामा रहेको पानी ट्याँकी चौकमा लाग्ने पशुचौपायाको बजारमा प्रायः सीमापारी भारतबाट अनाधिकृत रुपमा भित्रयाइको भैंसी पाडापाडीहरु मुलुकको विभिन्न स्थानमा जाने गरेका छन् ।
कुख्यात भैंसी तस्कर कान्छाले इलाका प्रहरी कार्यालय राजपुर, सशस्त्र प्रहरीको बेस क्याम्प फतुवा सहित सीमा क्षेत्रका सम्पूर्ण सुरक्षाकर्मीहरुको युनिट हुदै जिल्ला र प्रदेश सम्मका सुरक्षाकर्मीहरुलाई महिनावारी रुपमा लक्ष्मीकान्त पुर्याउदै अबैध कार्य जारी राख्न सफल हुन् ।
पशुचौपायामा खास गरेर दुधारे भैंसी, दुध नदिने भैंसी, पाडा पाडी सहित खसी बाख्राको विक्री वितरणका लागि मंगलवार र शनिवार दुई दिन हाट बजार लाग्ने गर्दछ । उक्त बजार सम्म पशुचौपायाहरु ल्याउने व्यापारीहरुबाट खरिद गर्ने तथा सीमापारीबाट चोर बाटो हुँदै ल्याइएका भैसी लगायतका चौपायालाई पशु क्वारेन्टाइनबाट सेटिंगका आधारमा कागजातहरु तयार पार्न लगाएर पोखरा, नारायणगढ, काठमाडौं सहितका विभिन्न सहरहरुमा रौतहटको राजपुरबाट पशुचौपाया जाने गरेको बताइएका छन् ।
पिकअप, ट्रक र मिनि ट्रकमा लोड गर्दा स्थानीय प्रहरीको उपस्थितिमा उक्त पशुचौपाया लोड भईरहेको अवस्थामा तराई टप का जिम्मेवार पदाधिकारी उक्त बजारमा पुग्दा हबलदार सहित दुई जना व्यक्ति मोटरसाइकल लिएर राजपुर गाँउ तिर भागे तर उक्त बजारमा अनाधिकृत रुपमा ल्याइएका पशु चौपायाहरु मज्जा संग लोड भई आफनो गन्तव्य सम्म जाने क्रम जारी रहेका छन् ।
यसरी अबैध रुपमा कारोवारलाई जारी राख्न सफल भएका कुख्यात भैंसी एवं पशु चौपाया तस्कर कान्छालाई स्थानीय देखि लिएर प्रहरीका प्रदेश सम्म पहुँचका आधारमा उनका काम कहिले पनि रोकिएका छैनन् । अन्य कारोवारहरु बन्द भएपनि कान्छाको कारोवार निर्वाध रुपमा जारी छन् । किनभने जिल्लाको हरेका निकाय एवं कान्छाको प्रभावबाट मुक्त हुन नसकेको कारण उनका कारोवार दिन दुगुना रात चौगुना जारी रहेको छ ।
जय होस त्यस्ता कारोवारलई संचालन गर्न गराउन वा लक्ष्मीकान्त लिएर राज्यलाई धोखा दिने सुरक्षाकर्मीहरुलाई राम्रो संग जनताहरु हेरिरहेको छ । यो त कान्छाले गर्नेभैंसी तस्करीको यस्तो अवस्था हो, तर बन्जरहाबाट अमरजित साह, ब्रम्हदेव साह, मठिया महुलियाबाट नथुनी साह, रुपेश, मोतिम, लगायत दर्जनौं तस्करहरु महिनेवारी रुपमा लाइन फिक्स गरेर कारोवारलाई जारी राखेका छन् ।