सात किशोरीको सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी द्वारा उद्धार, मानव तस्करीमा संलग्न दुई जना पक्राउ

0 Shares
काकडभिट्ट, १७ साउन । बैदेशिक रोजगारीको बहानामा मानव तस्करी गर्न लागिएका सात नेपाली चेलीलाई सीमावर्ती क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीहरुले पानीटंकीबाट उद्धार गरेर नेपाली प्रहरीलाई बुझाएका छन् ।
नेपालको पूर्वी नाका झापा जिल्लाको काकडभिट्टा भएर भारत प्रवेश गरिरहेका सात नेपाली चेली सहित उनीहरुलाई लैजाने दुई जना तस्करलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर नेपाली चेलीलाई नेपाली सुरक्षाकर्मीलाई जिम्मा लगाएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
किशोरीहरुलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए ।
संयोजक घिमिरेका अनुसार शुक्रबार अपरान्ह् भारत तर्फ प्रवेश गरिरहेकै अवस्थामा भारतीय प्रहरीले उद्धार गरेका थिए । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी कार्यालयमा राखिएको छ । उद्धार गरिएका सबै किशोरीहरु संसुवासभा जिल्लाको रहेको बताइएको छ ।
किशोरीलाई भारत पुर्याउने कार्यमा एक जना भारत पश्चिम बंगालको दार्जीलिङ स्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेको तथा अर्का संखुवासभा मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेको प्रहरी श्रोतबाट बुझिएका छन् ।
अभियुक्तले विभिन्न लोभप्रलोभनमा पारेर उनीहरुलाई वैदेशिक रोजगारका लागि हंगकंग लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटंकी नाका हुँदै प्रवेश गर्न खोजिरहेकै अवस्थामा भारतीय प्रहरीले समातेपछि उनीहरुको सपना चकनाचुर भए ।
ति किशोरीहरुको आधार कार्ड लगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरे सहितको टोली शुक्रबार नै पानीटंकी पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।