0
Shares
सर्लाही, १९ साउन । सर्लाहीमा गाँजा सहित एक जना बाइक सवार व्यक्तिलाई पक्राउ गरेर सर्लाही प्रहरीले कारवाही चलाएका छन् ।
लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडामा रहेका अस्थायी प्रहरी पोष्ट परवानीपुरका प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटिएका गस्ती टोलीले कालिञ्नजोरबाट परवानीपुर तर्फ आउदै गरेका बा. प्र. ०२–०३२ प ५९१२ नम्वरको मोटरसाइकलमा सवार दुई जना मध्ये पछाडी बसेका व्यक्ति हाम फालेर फरार भएपनि चालक लालबन्दी नपा–१४ का २१ बर्षीय संजित घिसिङलाई प्रहरीले गाँजा सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
घिसिङले बोकेको झोलामा ५ केजी ३३० ग्राम प्रतिबन्धित गाँजा सहित पक्राउ गरेर लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत कारवाही चलाइएको सर्लाही प्रहरीको प्रेस नोटमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन