सर्लाही, २१ साउन । नेपाली काँग्रेस मधेश प्रदेशकी नेतृ शर्मिला थापाको अनुकर्णीय कार्यको चौतफी प्रशंसा हुन थालेका छन् ।
उनले आफनो सहयोगमा चन्द्रनगर गाउँपालिकाको मुस्लिम समुदायको करिव ३०० बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेर चौतर्फी रुपमा प्रशंसाको पात्र बनेकी हुन् ।
चन्द्रनगर गाउँपालिका–५ स्थित समिमुल उलम स्लामिया मदर्शामा अध्ययन गर्ने अति विपन्न मुस्लिम बालबालिकाहरुलाई नेपाली काँग्रेस मधेश प्रदेश कमिटि सदस्य एवं चर्चित नेतृ शर्मिला थापाले आफनो लगानीमा आज बुधवार शैक्षिक सामग्री वितरण गरिन ।
समिमुल उलम स्लामिया मदर्शामा आज आयोजित विशेष कार्यक्रमका बीच शैक्षिक सामग्रीहरु वितरण गर्दै महिला नेतृ थापाले गरिव, असहाय, दिनदुखीको वृहत्तर उत्थानको पक्षमा आफूलाई सदैव समर्पित गरेको बताइन् । राजनीति क्षेत्रमा लागेपनि आफनो हितमा न सोची जनतालाई सर्वोपरी ठानेर उनीहरुको सेवामा तल्लिन रहदै आएको र अगामी दिनमा आफूबाट हुने सक्दो सहयोगहरु निरन्तर रुपमा जारी राख्ने प्रतिबद्धता गरिन् ।
शिक्षाको ज्योतीबाट बञ्चित रहेका मुस्लिम समुदायमा शिक्षाको महत्वलाई बढाएर साक्षर बनाई देश हितमा लाग्ने अभियान अनुरुप पछिल्लो विभिन्न समयमा मदर्शाहरुमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेर उनीहरुलाई शिक्षा प्रति जागरुक बनाउने अभियानमा लागेको चर्चा गरिन् ।
नेतृ शर्मिला थापाले ३०० मुस्लिम बालबालिकाहरुलाई स्कुल झोला (ब्याग), काँपी, कलम, किताव, पेन्सील कटर इरेजर सहितका शैक्षिक सामग्री वितरण गरेको जनाइएको छ ।
वडा नम्वर ५ का सभापति जैनव खातुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अनिल कर्ण, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, श्याम प्रसाद सिंह, चन्द्रनगर वडा १ सभापति इशा मन्सुर, वडा नम्वर ६ का सभापति जयराम राउत, वडा नम्वर ७ का सभापति बद्री सिंह, सोनाउल मन्सुर, रजाउल्लाह मंसुर लगायत सयौं नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरुको उपस्थितमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।