उत्तरकाशी (उत्तराखण्ड), २२ साउन । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा आएको विनाशकारी बाढीमा परेर तीनको मृत्यु भएको सेनाले पुष्टि गर्दै ५० भन्दा बढि वेपत्ता रहेको जनाइएका छन् ।
उक्त बाढीमा परेर सेनाको एउटा क्याम्पलाई व्यापक क्षति पुर्याएर ९ सैनिक जवान वेपत्ता भएको आशंका गरिएका हुन् ।
सेनाले अन्य अधिकारीहरूसँग नजिकको समन्वयमा, उत्तराखण्डको हार्सिल नजिकैको धारालीको फ्ल्याश बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता र विपद् राहत (एचएडीआर) कार्यलाई जारी राखेको छ, सैन्य आधिकारिक विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, विशेष इन्जिनियर र मेडिकल टोलीहरू सहित २२५ भन्दा बढी सेनाहरू अत्यन्तै चुनौतीपूर्ण अवस्थामा उद्धार र राहत कार्यहरुलाई जारी राखेका छन् । सेनाले दुर्गम क्षेत्रमा अलपत्र परेका व्यक्तिहरूलाई पत्ता लगाउन हवाई सर्वेक्षणका लागि ड्रोन प्रयोग गरेको छ ।
बर्तवारी, लिँचीगाड, गंगरानी र धराली नजिकै, चिनुकमा सडक सञ्जालमा अवरोध आएका कारण एयरलिफ्टिङ मार्फत विस्थापन भइरहेको छ, सेनाले एयरलिफ्ट सञ्चालनका लागि देहरादुनमा एमआई–१७ हेलिकप्टर राखेको छ भने मातली हेलिप्याडमा तदर्थ उड्डयन आधार निर्माण भइरहेको छ ।
“रेको राडार टोली, खोज र उद्धार गर्ने कुकुरहरू र सहस्त्र धाराबाट सञ्चालित पाँचवटा सिभिल हेलिकप्टरबाट प्रयास जारी राखेका छन्, जसले अहिलेसम्म ७० जना सर्वसाधारणको उद्धार गरेको छ,” सेनाले राज्य प्रशासन, एसडीआरएफ र स्थानीय प्रहरीसँगको समन्वयमा चौबीसै घण्टा उद्धार कार्य सञ्चालन गरिरहेको जनाएको छ ।
सेनाले भनेको छ कि, तीन नागरिकको मृत्यु पुष्टि भएको छ । ५० भन्दा बढी बेपत्ता छन्, र ९ सेनाका कर्मचारीहरू (१ जेसिओ र ८ ओआर) सेनाको पोस्टमा व्यापक क्षति पछि सैनिकहरु बेपत्ता भएको आशंका गरिएको छ । गंगोत्रीमा फसेका लगभग १८०–२०० पर्यटकहरु समक्ष सेना पुगेको छ र उनीहरूलाई सेना र आईटीबिपी द्वारा खाना, आश्रय र चिकित्सा सहायता प्रदान गरिरहेको जनाइएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ, “धारालीमा उपस्थित सेनाका कमाण्डर सेन्ट्रल कमाण्ड र जिओसी युबी एरिया लेफ्टिनेन्ट जनरल सेनगुप्ता र मुख्यालय सेन्ट्रल एयर कमाण्ड सँग निर्बाध रुपमा समन्वय जारी रहेको छ, सबै प्रभावितहरूको सुरक्षित निकासी र हेरचाह सुनिश्चित गर्न हरसम्भव प्रयास भइरहेको छ । भारतीय सेना यस कठिन घडीमा उत्तराखण्डका जनताको साथमा खडा छ ।”
श्रोतः द हिन्दु