“बलरामा दलित महिला जनप्रतिनिधिको सडक दुर्घटनामा निधन, एम्बुलेन्स चालकको लापरबाहीमाथि छानबिनको आदेश”

0 Shares
सर्लाही, २५ साउन । सर्लाहीको बलरा नगरपालिका–११ की जननिर्वाचित दलित महिला वडा सदस्य चन्दा देवी बैठाको सडक दुर्घटनामा परि दुखद निधन भएको छ ।
समाज परिवर्तनकी निडर अभियन्ता र सेवाभावकी प्रतिमूर्ति चन्दाको निधनप्रति नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गहिरो शोक व्यक्त गर्दै परिवारजन प्रति समवेदना प्रकट गरेको हो ।
नगर प्रमुख कुशवाहाले चन्दा केवल जनप्रतिनिधि मात्र नभई समाजको न्याय र समानताको सशक्त आवाज भएको बताउँदै उनको निधनले अपूरणीय क्षति भएको उल्लेख गरे ।
साउन २३ गते भएको दुर्घटनापछि चन्दालाई बलरा नगर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । तर, प्रादेशिक अस्पताल मलंगवा रेफर गर्ने क्रममा एम्बुलेन्स चालकले “डिजल छैन, एम्बुलेन्स सुचारु छैन” भन्दै गैरजिम्मेवार व्यवहार देखाएको नगर प्रमुखले आक्रोश पोखे ।
यस्तो लापरबाहीलाई अक्षम्य ठान्दै चालकलाई तत्काल कामबाट हटाउने निर्देशन दिइएको र घटनाको सत्यतथ्य पत्ता लगाउन वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन आदेश दिइएको बताइएको छ ।
नगर प्रमुख कुशवाहाले स्वास्थ्य सेवामा कुनै पनि लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य सेवालाई थप व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनको नेतृत्वमा बलरा नगर अस्पतालको स्तरोन्नति, पुरानो भवनको रेट्रोफिटिङ, आधुनिक सुविधासहित दोस्रो तला निर्माण, बर्थिङ सेन्टर पुनः सञ्चालन, ल्याब डिजिटलाइजेशन, आकस्मिक कक्ष स्थापना, औषधि व्यवस्थापन र थप जनशक्ति नियुक्ति सहित २४ सौं घण्टा एम्बुलेन्स सेवा सुनिश्चित गरिएको छ ।
यद्यपि, अपेक्षित सुधार नदेखिएपछि १० दिनअघि अस्पतालका ६०% कर्मचारी हेरफेर गरिएको र त्यसयता सेवामा सुधार देखिन थालेको नगर प्रमुखले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।