नक्कली नेपाली नोट सहित २ भारतीय नागरिक पक्राउ

   १ पुष २०७८, बिहीबार १८:१०  

तराई टप
रौतहट, १ पुस । रौतहटको परोहा नगरपालिकाको नरकटिया स्थित नेपाल भारत सिमा क्षेत्रमा पैदल यात्रुलाई चेकजाँचको क्रममा नक्कली नेपाली नोट सहित २ भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
परोहा नपा ८ मोतीपुर प्रहरी चौककीबाट खटिएको प्रहरी टोलीले नरकटियामा भारतबाट आउने व्यक्तिलाई चेकजाँच गर्ने क्रममा भारत विहार मोतिहारी जिल्लाको घोडासहान श्रीपुर पंचायत कबैया बस्ने २६ बर्षिय विकास जयसवाल र साही स्थानका ३२ बर्षिय अजय प्रसादलाई प्रहरीले पक्राउ गरेको हो ।
दुबै भारतीय युवकको साथबाट एक हजारको ६९ थान र पाँच सयको १ थान गरी ६९५०० बरामद भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्ले खोटा मुद्रा चलन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै