मधेसको बोलबम संस्कृतिले काठमाडौंलाई जोड्यो, ब्रह्मबाबाको मन्दिर स्थापनाको प्रस्ताव

0 Shares
काठमाडौं, २७ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसको बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोड्न सफल भएको बताएका छन् ।
ओम बोलबम काँवरिया संघ काठमाडौंले जोरपाटीमा आयोजित ११ औँ सत्यनारायण भगवानको पूजामा सहभागी हुँदै साहले मधेसको बोलबम संस्कृति काठमाडौंमा स्थापित भएको उल्लेख गरेका हुन् ।
“शिवको पवित्र धर्ती काठमाडौंमा बोलबम संस्कृति स्थापित भएको छ । तपाईंहरूले निजी सम्पत्ति खर्चेर शिवभक्ति, समाज र विश्व कल्याणमा योगदान पुर्याउनु भएको चर्चा” साहले गरे । उनले सत्यनारायण, सरस्वती, छठ, लक्ष्मी, विश्वकर्मा र ब्रह्मबाबाको पूजा जस्ता चाडपर्व निजी प्रयासले संरक्षित भएको तर सरकार र राज्य भने मौन रहेकोमा आलोचना गरे ।
“सरकारी मान्छेहरूले चाडपर्वको नाममा १३ महिनाको तलबभत्ता खाएर पनि संस्कृति संरक्षण गर्न सकेका छैनन्,” उनले थपे ।
साँसद साहले मधेसमा धुमधामसँग मनाइने चाडपर्वहरू काठमाडौंमा पनि मनाउन थालिएको बताउँदै मधेसका गाउँहरूमा ग्रामदेवताको रूपमा पूजिने ब्रह्मबाबाको मन्दिर काठमाडौंमा स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए । “मौलापुर नगरपालिकाले काठमाडौंमा ब्रह्मबाबाको मन्दिर स्थापना गर्न खोजेको छ । तपाईंहरूको साथले यो छिट्टै सम्भव हुने विश्वास छ,” उनले व्यक्त गरे ।
उनले मुलुकमा भ्रष्टाचार, अनियमितता, कर आतंक र लुट बढिरहेको भन्दै भगवान शिवले यस्ता भ्रष्टाचारीहरूलाई नाश गर्ने विश्वास व्यक्त गरे । “असत्यमाथि सत्यको सधैं विजय हुन्छ । समाजमा विकृति र अपराध बढे पनि भगवानले तिनको नाश गर्दै आएको इतिहास छ,” उनले रामायण र महाभारतको स्मरण गर्दै भने ।
कार्यक्रम ओम बोलबम काँवरिया संघ काठमाडौंका अध्यक्ष रामऔतार पंडितको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नारायण सुवेदी, सुभाष साह, विर्सेनप्रसाद कुशवाहा, सुनिल ठाकुर, रन्जु साह, बालकृष्ण सापकोटा, वीरेन्द्र ठाकुर, अर्चना झा, गौरिशंकर साह, रामायण गुप्ता, सुजल लामा लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।