नारायणी अस्पतालमा कैदी राहुल साहको मृत्युः लापरबाहीको आरोप, आफन्तको प्रदर्शन र छानबिनको माग

0 Shares
वीरगञ्ज, २७ साउन । नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मंगलवार कैदीबन्दी राहुल साह तुराहाको मृत्यु भएपछि आक्रोशित आफन्तहरु प्रर्दशन गरेका छन् ।
वीरगञ्ज महानगरपालिका–२५, खाल्वा टोलका २३ वर्षीय राहुल साह तुराहा २०७९ देखि कर्तव्य ज्यान मुद्दामा वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका थिए । मृतकका आफन्तले अस्पताल र कारागार प्रशासनको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरे, जसले केही समय तनाव सिर्जना गरेको थियो ।
वीरगञ्ज कारागार प्रशासनका अनुसार, आज बिहान व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्य बिग्रिएपछि उनलाई तत्काल नारायणी अस्पताल लगियो । अस्पतालले प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज रेफर गरे, तर रेफर प्रक्रियामा ढिलाइ र कारागार प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति नदिएको आरोप आफन्तले लगाए । एकजना आफन्तका अनुसार, “राहुललाई एम्बुलेन्समा राख्न लाग्दा प्रहरीले रोकेर अस्पतालमै राख्यो, जसले उपचारमा ढिलाइ भयो र उनको मृत्यु भयो ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले राहुललाई अन्य अस्पताल लैजाने प्रक्रिया पूरा गर्ने क्रममा मृत्यु भएको बताए । हाल अस्पताल परिसरको अवस्था सामान्य रहेको र मृतकका आफन्तसँग जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको उनले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
नारायणी अस्पताल प्रशासनले सम्भव भएसम्मको उपचार गरेको र तत्काल रेफर गरेको दाबी गरे । तर, आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । घटनाले जेल र अस्पताल प्रशासनको समन्वय तथा आपत्कालीन स्वास्थ्य सेवाको प्रभावकारिता माथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।