दुर्गा भगावती को एक वडाध्यक्षमाथि दोहोरो नागरिकताको आरोप, प्रशासनद्वारा छानबिन तीव्र

0 Shares
रौतहट, २७ साउन । पछिल्लो साता देखि विभिन्न संचारमाध्यमहरुमा रौतहट दुर्गा भगवती गाउँपालिका पचरुखीका वडाध्यक्ष दोहोरो नागरिकता लिएको हुँदा छानविन भईरहेका समाचार बाहिरिदा बास्तविक्ता बुझने क्रममा उनी माथि दोहोरो नागरिकता प्रकरणमा छानविन भईरहेको पाइयो ।
दुर्गा भगवती गाउँपालिका–४, पचरुखी छतौनाका वडाध्यक्ष रामानन्द प्रसाद माथि नेपाल र भारत दुवै देशको नागरिकता लिएको उजुरीपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन सुरु गरेका छन् ।
गृह मन्त्रालयबाट असार ११ मा प्राप्त पत्रका आधारमा छानबिन अघि बढाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।
जिल्ला प्रशासनले वडाध्यक्ष प्रसादसँग प्रारम्भिक सोधपुछ पुरा गरिसकेको छ । जहाँ उनले दोहोरो नागरिकताको आरोप अस्वीकार गरेका छन् । थप अनुसन्धानका लागि जिल्ला प्रहरीलाई पत्राचार गरिएको छ । प्रसादले प्रशासनमा वंशजको आधारमा नेपाली नागरिकता पेस गरेका छन्, तर उजुरीकर्ताले भारतको निर्वाचनको लागि प्रयोग गरिने मतदाता परिचयपत्रमा उनकै फोटो भएको दाबी गरेका छन् ।
भारतीय परिचयपत्रमा उनको नाम पप्पुप्रसाद यादव र बुवाको नाम सियारामप्रसाद यादव उल्लेख छ, जबकि नेपाली नागरिकतामा नाम रामानन्द प्रसाद र बुवाको नाम रामचन्द्र कापड यादव बुझिएको छ ।
दोहोरो नागरिकता सम्बन्धी प्रशासनले भारतीय दूतावासलाई पनि जानकारी गराएको छ ।
वडाध्यक्ष प्रसादले दोहोरो नागरिकताको आरोपलाई विपक्षीको चरित्रहत्या गर्ने षड्यन्त्र भन्दै खण्डन गरिसकेका छन् । उनले आफू जिम्मेवार जनप्रतिनिधि भएको र गैरकानुनी कार्य नगरेको दाबी गर्दै ठोस प्रमाण भेटिएमा जस्तो सुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारे ।
प्रसाद २०७९ वैशाखमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष माथिको यो विवादले स्थानीय राजनीतिमा तरंग ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।