नेपालमा रासायनिक मलको चरम अभाव, चीनले गरेको सम्झौता कागजमै सिमित

   २ पुष २०७८, शुक्रबार ०७:४२  

तराई टप
काठमाडौं, २ पुस । खेतमा गहुँ छर्ने समयमा किसानहरुलाई रासायनिक मलको चरम अभाव उत्पन्न रहेको अवस्थामा नेपाल सरकारले चीन र बंगलादेश संग मल हारगुहार गरेर रासायनिक मल उपलब्ध गराउन अनुरोध गर्दा समेत दुवै राष्ट्रले बेवास्ता गरिदिएको छ ।
नेपाल सरकारले काठमाडौं स्थित चिनियाँ दूतावासलाई मल उपलब्ध गराउने सम्झौता गरिएपनि उक्त मल हाल सम्म नआउदा किसानहरु मर्कामा परेको हो । चिन संग भएको सम्झौता अनुसारको मल उपलब्ध गराउन पटक पटक अनुरोध गर्दा चिनियाँ दूतावासले कुनै वास्ता नगरको श्रोतबाट बुझिएका छन् ।
अहिले नेपाली जनताहरु केही महिना देखि रासायनिक मलको मार खेपिरहेको छ भने नेपाल सरकारले समयमा मल उपलब्ध नगराउन सक्दा किसानहरु थप मर्कामा परेको अवस्थामा उनीहरुलाई बर्षभरी घर परिवार धान्न समेत समस्या उत्पन्न हुने चिन्ता सताउन थालेको छ । नेपाल सरकारले पटक – पटक बाङ्लादेश र चीन बाट मल आउने आसा भरोसा जनताहरुलाई देखाउदै आएको गुनासो पिडित किसानहरुले लगाए । नेपाल सरकारले नेपाल स्थित रहेको चिनियाँ दूतावासमा मल सहयोगको लागि कयौं पटक पत्राचार गरिसकेको छ ।
चीन र बङ्लादेशबाट केही दिन पहिले भएको सम्झौता धोकामा सिमित भएको ठहर गरिदै छ । बाङ्लादेशको जेनट्रेडले तीन लट गरेर मल आउने बताएका थिए । पहिलो लटमा २० हजार मेट्रिक टन, दोस्रोमा २० र तेस्रोमा १० हजार मेट्रिक टन मल आउने सम्झौता कागजमा मात्र सिमित भयो, सम्झौता नामको मात्र भए ।
नेपाल सरकारले बंगलादेश सँग ५० हजार मेट्रिक टन मल किन्न लागेको समाचार नेपाली मिडियाहरु धेरै महत्वका साथ स्थान दिएका थिए तर उक्त समाचार अनुसारको मल आउन नसक्दा समाचार नआउनु दुखद भएको कतिपय विज्ञहरु बताउँछन् । बंगलादेशबाट युरिया मल ल्याउन कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्डस्ट्रिज’ बीच सम्झौता भएको थियो । सम्झौता अनुसारको अहिले चीनबाट आउने भनेको मल पनि कुनै अत्तोपत्तो छैन । मल नपाएको भन्दै अहिले जनता आन्दोलन गर्ने गरेको हुन । किसान मर्कामा परिरहेका छ्न तर सरकारी तन्त्र उदाशिन रहेको चौतर्फी आरोप लागिरहेका छन् ।
यसै बिच केही दिन पहिले चिनियाँ मल श्रीलंका पठाएको थियो । जैविक मलको गुणस्तरलाई लिएर चीन र श्रीलङ्का बीच विवाद उतपन्न गरे । हिप्पो स्पिरिट नाम गरेको चिनियाँ पानीजहाजमा गएको सेप्टेम्बरमा २० हजार टन जैविक मल बोकेर श्रीलङ्का पुगेको थियो ।
श्रीलङ्का सरकारले अर्डर गरेभन्दा न्यून कमसल गुणस्तरको मल पठाएको भन्दै अस्वीकार गरेपछि विवाद बढेको हो । खेतीबालीमा नोक्सानी पु¥याउने मल पठाएको भन्दै श्रीलङ्काका किसान र कृषि वैज्ञानिकले विरोध गर्दै मल अस्वीकार गर्न दबाब दिएका छन् ।
यो कुरा थाहा हुँदा पनि नेपाल सरकारले चीन सङ सम्झौता गरेको हो र चीनबाट २० टन युरिया मल आयात हुने आसा गरेको हो । युरिया मल जिटुजी मार्फत खरिद गर्ने अख्तियारी कृषि मन्त्रालयलाई सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको थियोे । साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल आउने सम्झौता भएको हो तर अहिलेसम्म जनता सम्म मलको चरम अभाव देखिएको छ ।
चीन र बंगलादेश दुबै नेपाल सरकारलाई ठग्ने बाहेक अन्य काम नगरेको आरोप नेपाली जनताहरुले यतिखेर दुबै देशलाई लगाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै