सर्लाहीको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु

0 Shares
सलाही, ३० साउन । सर्लाही जिल्लामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
चक्रघट्टा गाउँपालिका–५ पडरिया स्थित भित्री सडकमा बिआर ३० ए ५०३६ नम्वरको भारतीय मोटरसाइकले विहिवार राति ८ बजेको समयमा स्थानीय ६० बर्षीय बरन बैठा र २० बर्षीय दिपक मण्डललाई ठक्कर दिदा दुबै जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइतेहरुलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवामा पुर्याएर उपचार सुरु गरियो तर ८.५० बजेको समयमा वृद्ध बरन बैठालाई उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत एवं डिएसपी सरोज राईले बताए ।
मृतक बैठाको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । अर्का घाइते दिपक मण्डलको अवस्था खतरामुक्त रहेको जानकारी दिदै डिएसपी राईले मोटरसाइकलले ठक्कर दिने चक्रघट्टा गापा – १ का २० बर्षीय हरेकृष्ण यादव पनि घाइते भएको हुँदा प्रहरीको निगरानीमा प्रादेशिक अस्पतालमा उपचार भईरहेको उनले भने ।
यसैगरी इश्वरपुर नगरपालिका–१ चौलिखामा हिजो तिव्र गतिमा गुडिरहेका एचपी ५५ एसी ६१०५ नम्वरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा सोही नगरपालिका–७ पोखरी टोलका रामबालक रामका २४ बर्षीय अमनदीप रामको मृत्यु भएको छ ।
विहिवार दिउसो नालामा खसेर गम्भीर घाइते भएका अमनदीपको स्थानीय अस्पतालमा उपचार पश्चात थप उपचारको लागि वारा जिल्लामा रहेका एलएस न्यूरो अस्पतालमा पठाइएपनि हिजो साँझ उनको मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको डिएसपी राईले जानकारी दिए ।
दुबै दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।