तरकारी दस्तुरको लागि सरकारी दस्तुर प्रभावित पार्दै गौर भन्सारको प्रमुख शुशिल शर्मा

तराई टप संवाददाता
रौतहट, २ पुस । गौर भन्सार कार्यालयको प्रमुखको सेटिंगमा तस्करी कार्यलाई यतिखेर बढावा दिइएको पाइएको छ ।
आर्थिक प्रलोभनमा परेर गौर भन्सार कार्यालयको प्रमुख शुशिल शर्माले तरकारी दस्तुर लिदै नेपाल सरकारको राजस्वलाई प्रतिकुल असर पारिरहेको एक घटनाले छरलंग पारेको हो । भारतबाट आएको आलु प्याजको तिन वटा ट्रकमा रहको बास्तविक तौल भन्दा १० टन वजन कम गराएर भन्सार तिरेको मालबाहक ट्रकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलहियामा बुझाए ।
तर आर्थिक चलखेल एवं तरकारी दस्तुरीमा पल्केका भन्सार प्रमुख शर्मा हुन वा राजस्व कार्यालय पथलहियाको कर्मचारी हुन् सबै चाँदीको जुत्ताको मार थेग्न नसकी पुन ः उक्त सामान व्यापारीको गोदाममा आउन सफल भएको छ । नेपाल सरकारले नियमानुसार भन्सारको लाग्ने राजस्व तिर्न लगाएर मात्र नेपाल प्रवेशको अनुमती प्रदान दिने गरको कानुनी प्रावधान रहेका छन् ।
कानुनी प्रावधानलाई भन्सार प्रमुख शर्माले तरकारी दस्तुरीका निमित्त धज्जी उडाउदै केही भन्सार क्लियरिंग एजेन्ट संग साँठगाठमा जस्तो सुकै गैर कानुनी सामानहरु नेपाल प्रवेश गराउने वा सजिलै भारत तर्फ पठाउने खप्पिस रहेको अवस्था अहिले गौर भन्सार कार्यालयबाट निर्वाध रुपमा भईरहेका छन् तर नियमनकारी निकाय आफै चुल्लुम्म आर्थिक अनियमिततामा डुबेको चौतर्फी आरोप लागिरहेको छ ।
ठूलठूला व्यापारीहरु अहिले मालामाल भईरहेको छ तर सर्वसाधारण जनताहरु सिमापारी वैरगनिया बजारबाट दैनिक जोहोको लागि किनमेल गरी ल्याएको सामानलाई लुटेरा शैलीमा कब्जामा लिन लगाएर सिज गर्ने कार्य प्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले तिव्र रुपमा आलोचना गरेको छ ।
अध्यक्ष झाका अनुसार दैनिक जोहो गर्नका निमित्त ल्याउदै गरेको सर्वसाधारणको सामान प्रमुख भन्सार अधिकृत शर्माको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आम जनतालाई दुख दिईरहेको आरोप लगाए । सरकारी राजस्व बढाउने व्यक्तिलाई संरक्षण दिने तर आम नागरिकलाई हेपहा प्रवृति अपनाउने शर्मालाई विभागिय कारवाही गर्न नितान्त आवश्यक रहेको माग गरे ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयको समयमा गौर भन्सार तर्फ ध्यान जान जरुरी छ नत्र भने जनताहरु शर्माको ज्यादती विरुद्ध संघर्षमा उत्रिन बाध्य हुने भएको हुँदा समयमै यस्ता कार्यहरु माथि अंकुश लगाउनुपर्ने बताए ।
खाद्यान्न बस्तु आलु लोड गरि ल्याई रहेको अवस्थामा भारतिय नंबर प्लेट भएको तीनवटाद ट्रक रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराती डब्ल्युबि ११ सी १५७८ र बिआर ०६ जी सी ७२४७ र बिआर ३० जी २१७८ नम्बरको तीन वटा भारतिय ट्रकमा परिमाण भन्दा बढी लोड गरेको र लोड रहेको समान भन्दा कमको भन्सार कटेको संकामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ गरिएको तीन वटै ट्रक अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।