डेंगुको प्रकोप चिन्ताजनकः ७४ जिल्लामा २,९५२ संक्रमित, ६० हजारलाई जोखिम

0 Shares
रौतहट, ३० साउन । मधेश प्रदेश सहित नेपालमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।
गत पुसदेखि हालसम्म ७७ जिल्लामा २,९५२ जनामा डेंगु पुष्टि भएपछि संक्रमणको तिव्र गतिमा फैलिदै ग्एको हो । जसमध्ये पछिल्लो सातामा १८० नयाँ बिरामी थपिएका छन् ।
बागमती प्रदेश सबैभन्दा बढि प्रभावित छ, जहाँ २९८ जनामा संक्रमण देखिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमित पाइएको छ । स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या तथ्यांक भन्दा धेरै हुन सक्ने बताए । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौला भन्छन्, “लक्ष्णविहीन बिरामीले समुदायमा डेंगु फैलाउने जोखिम बढि छ, र मनसुन पछि यो झन् बढ्न सक्छ ।”
नेपालमा सन् २००४ मा चितवनमा पहिलोपटक देखिएको डेंगु सन् २०२० मा धरानबाट फैलिँदा १८ हजार संक्रमित भएका थिए । सन् २०२२ मा ५४ हजारभन्दा बढी संक्रमित हुँदा ८८ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा ५२ हजारभन्दा बढी संक्रमित हुँदा २० जनाको ज्यान गयो । सन् २०२४ मा ४१,८६५ जना संक्रमित हुँदा १५ जनाको मृत्यु भएको थियो ।
ईडीसीडीले सन् २०२५ मा ६० हजार जनालाई डेंगु हुने अनुमान गरेको छ । अव्यवस्थित फोहोर व्यवस्थापन, पानी जम्ने ठाउँहरू र जलवायु परिवर्तन संगै डेंगु फैलिनुका प्रमुख कारण हुन् । डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट अभियान’ प्रभावकारी छ, तर यसमा नागरिकको सक्रिय सहभागिता आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।