प्रहरीले नेपालगञ्जमा गोली चलाएर चार जना लागुऔषध कारोवारीलाई पक्राउ गरे

0 Shares
बाँके, ३० साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई विशेष अभियान मार्फत पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज–५ निवासी २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको उत्तर प्रदेश राज्य बहराइच जिल्ला रुपैडियाका २० वर्षीय अजयकुमार र सोही स्थानका २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, नेपालगञ्जको टोलीले बिहीबार साँझ शंकास्पद गतिविधि देखेपछि खानतलासी गर्ने क्रममा उनीहरूलाई रोकेको थियो । तर, प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरी प्रहरीमाथि इँटा प्रहार गरे जसबाट एकजना प्रहरी घाइते भए ।
स्थिति नियन्त्रण गर्न प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु पर्यो । प्रहरीको गोली भारतीय नागरिक कात्र्तिककुमारको दायाँ खुट्टामा लागेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धान भइरहेको छ र उनीहरूको साथबाट लागुऔषधको नमुना तथा अन्य प्रमाणहरू बरामद गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू लामो समयदेखि सीमावर्ती क्षेत्रमा अवैध लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ ।
यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारको समस्या र त्यसमा संलग्न समूहहरूको आक्रामक प्रवृत्ति पुनः उजागर भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।