पत्रकार तिवारीमाथि आक्रमणः भ्रष्टाचार सम्बन्धी छापिएको समाचारपछि कार्यवाहक मेयरकी छोराको तानाशाही रवाफ

0 Shares
रौतहट । फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचारका मुद्दा दिनानुदिन सार्वजनिक भइरहेका बेला पत्रकारलाई नै दोष थोपने, डर देखाउने र दवाव दिने प्रवृत्ति तीव्र बन्दै गएका छन् ।
नगरपालिकामा इन्धन देखि लिएर यातायात भुक्तानी, सार्वजनिक खरिद प्रक्रिया र विकास बजेट सम्मका अनियमितता बाहिरिए पछि जनप्रतिनिधि र कर्मचारीहरू कचपचिएको अवस्थामा दोष पत्रकार माथि थुपारेर दुव्र्यवहार गर्नु साह्रै निन्दनीय रहेका हुन् ।
शुक्रबार साँझ सो नगरपालिकाकी कार्यवाहक मेयर अम्बिया खातुनका छोरा मोहम्मद सनाउल्लाहले प्रेस चौतारी नेपाल रौतहटका उपाध्यक्ष तथा पत्रकार कृष्ण तिवारीमाथि खुलेआम दुव्र्यवहार गरे । “मेरो आमा विरुद्ध किन समाचार लेखेको ?” भन्दै पत्रकारलाई गालीगलौज मात्र नभई हातपात गर्न समेत खोजिएको तिवारीले बताए ।
महालेखा परिक्षक कार्यालयले इनधन, यातायातमा अकुत खर्च गरेको भन्दै उक्त रकम असुलउपर गर्न राय दिएको समाचार लेखेको निहुँमा पत्रकार तिवारीलाई कार्यवाहक मेयर पुत्रले अपशब्द प्रयोग गर्दै धम्की दिने दुस्साहस देखाएका थिए ।
पत्रकार तिवारीले भने, “यो मेरो व्यक्तिगत मात्र नभई सम्पूर्ण पत्रकारिता क्षेत्र माथिको आक्रमण हो । भ्रष्टाचार उजागर गर्ने पत्रकारलाई धम्क्याउनु लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रता माथिको खुला प्रहार हो ।”
फतुवा विजयपुर नगरपालिकामा पछिल्ला महिनायता निरन्तर रुपमा अनियमितता र भ्रष्टाचारका समाचार सार्वजनिक हुँदै आएको छ । तीन दिनअघि मात्रै केही पत्रकारलाई पैसा दिएर आफ्नो पक्षमा समाचार लेखाउन खोजिएको समेत खुलासा भएका थिए । यसरी पैसाको प्रलोभन देखाएर पत्रकारिताको मर्यादा तोड्ने प्रयासले स्थानीय तहको वास्तविक चरित्र अझै नाङ्गो पारेको छ ।
स्थानीयवासीहरूले जनप्रतिनिधिहरु नगरपालिकालाई निजी सम्पत्ति झैँ चलाएको आरोप लगाउँदै आएका छन् । सार्वजनिक बजेट अपारदर्शी, योजनाहरू कागजमै सीमित, ठेक्का प्रक्रियामा मिलेमतो जस्ता गम्भीर प्रश्न उठिरहँदा उल्टै पत्रकारलाई धम्क्याउनु भ्रष्टाचार ढाकछोप गर्ने असफल प्रयास भएको उनीहरूको टिप्पणी छ ।
प्रेस चौतारी नेपाल रौतहटले घटनाको तीव्र भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ । संगठनले पत्रकारलाई डर देखाउने प्रवृत्ति रोकिनुपर्ने, पत्रकारिताको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गर्न राज्य गम्भीर हुनुपर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।