भारतीय विदेशसचिव मिश्रीद्वारा नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल सहितका उपहार स्तान्तरण

0 Shares
रौतहट, २ भदौं । दुईदिने नेपाल भ्रमणको क्रममा भारतीय विदेशसचिव विक्रम मिश्री नेपाली सैनिकको जंगीअड्डा पुगेर भारत सरकारद्वारा पठाइएको उपहार हस्तान्तरण गरेका छन ।
विदेश सचिव मिश्रीले सोमवार नेपाली सेनालाई विशेष सहयोग स्वरूप ६ वटा ‘लाइट स्ट्राइकिङ भेइकल’ नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।
जंगीअड्डाका एक उच्च सैनिक अधिकृतका अनुसार, सो सामग्री हस्तान्तरणको तयारी केही समयदेखि नै भइरहेको थियो । तर मिश्रीको नेपाल भ्रमणलाई उपयुक्त अवसरका रूपमा लिइएको र उनले आफैं प्रत्यक्ष रूपमा सामग्री बुझाएको जानकारी दिए ।
स्ट्राइकिङ भेइकलसँगै मिश्रीले ६ वटा सैनिक घोडा, २ वटा ब्रिडिङ प्रयोजनका लागि सैनिक कुकुर र केही स्वास्थ्य सामग्री पनि नेपाली सेनालाई उपलब्ध गराए । सामग्री हस्तान्तरण कार्यक्रम अघि विदेशसचिव मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए । भेटमा दुई पक्षीय हितका मुद्दा, आपसी सहयोग र सैनिक सम्बन्धबारे छलफल भएको सैनिक स्रोतले जनाएको छ ।
मिश्री आइतबार दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने उद्देश्य सहित नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूसँग पनि भेट गरेका छन् । त्यसैगरी परराष्ट्रमन्त्री आरजु राणा देउवा सँग उनको छुट्टै भेटवार्ता भएको थियो ।
भारतसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य सहितको यो भ्रमणलाई नेपाल–भारतबीचको रक्षा तथा सामरिक सहयोग विस्तारको संकेतका रूपमा पनि हेरिएको छ ।
विदेशसचिव मिश्री सोमबार दिउँसो साढे २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।