“मोदीको जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीको भारत भ्रमण”, संयोग की साइत ?

0 Shares
काठमाडौं , २ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे दुवै मुलुकले औपचारिक घोषणा नगरे पनि नेपाली र भारतीय मिडियामा मिति ‘खुला रहस्य’ झैँ बनेर सार्वजनिक भइरहेका छन् ।
कूटनीतिक शिष्टाचार अनुसार भ्रमणको मिति पहिले नै पुष्टि नभएसम्म घोषणा नगर्ने अभ्यास भए पनि ओलीको भ्रमण सेप्टेम्बर १६–१७ (भदौ ३१–असोज १) मा हुने प्रायः निश्चित भएको बताइन्छ ।
यही मितिमा भ्रमण भए प्रधानमन्त्री ओली भारतका समकक्षी नरेन्द्र मोदीसँग १७ सेप्टेम्बरमै भेट्नेछन् । संयोगवश सो दिन नै मोदीको जन्मदिन परेको छ । सार्वजनिक भइरहेका सूचना अनुसार ओली र मोदीको भेटवार्ता भारतको धार्मिक महत्व बोकेको बोधगयामा हुने छ ।
१३ महिनापछि निमन्त्रणा
प्रधानमन्त्री बनेको करिब १३ महिनापछि ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा प्राप्त भएको हो । भारतका विदेश सचिव विक्रम मिश्रीले दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार प्रधानमन्त्री ओलीलाई निमन्त्रणा हस्तान्तरण गरेका थिए ।
यता, लामो समयसम्म भारत नजाने कारण विपक्षी दलहरूले ओलीलाई तीव्र आलोचना गर्दै आएका थिए । कतिपयले यसलाई नेपाल–भारत सम्बन्ध बिग्रँदै गएको संकेतको रूपमा व्याख्या गरेका थिए । अब भने भ्रमण पक्का भइसकेको र केवल औपचारिक मिति घोषणाको प्रतीक्षा मात्र बाँकी रहेको देखिन्छ ।
संयोग वा रणनीति?
ओलीको भ्रमण सम्भावित तालिका मोदीकै जन्मदिन सँग मिल्नु संयोग मात्र हो वा भारतले देखाएको कूटनीतिक ‘साइत’ हो भन्ने बारे स्वाभाविक रूपमा प्रश्न उठ्न थालेका छन् । विशेषगरी दुई प्रधानमन्त्रीबीच बोधगयामा हुने भनिएको भेटलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने संकेतको रूपमा हेरिएको छ ।
औपचारिक घोषणा बाँकी
यद्यपि भ्रमणका तयारी तीव्र भए पनि औपचारिक घोषणा अझै गरिएको छैन । कूटनीतिक अभ्यास अनुसार, विभिन्न परिस्थिति ध्यानमा राखेर अन्तिम क्षणसम्म मिति सार्वजनिक नगर्ने चलन रहिआएको छ ।
नेपाल–भारतबीच पछिल्ला वर्षहरूमा उतारचढाव रहँदै आएको सम्बन्धलाई यस भ्रमणले कस्तो मोड लिने हो भन्नेमा सबैको नजर केन्द्रित भएको छ ।
साभारः रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।