टिपरको ठक्करबाट सिरहामा एकै परिवारको तिन जनाको मृत्यु

तराई टप
सिरहा, २ पुृस । टिपरले मोटरसाइकललाई ठक्कर दिदा एकै परिवारको तिन जनाको मृत्यु भएको छ ।
प्रदेश २–२–०१–००२ प २६८२ नम्वरको मोटरसाइकललाई स १ क २६१ नम्वरको टिरपले लहान गरपालिकाको ३ मा पर्ने लहान ठाडी सडकमा ठक्कर दिदा एकै परिवारको तिन जना सदस्यको मृत्यु भएको हो ।
सप्तरी बलान विहुल गाउँपालिका २ दिघियाका मोतिलाल यादव, ३० बर्षिय भतिज रामकुमार यादव र ८ बर्षिय नाती अभिषेक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इप्रका लहानका प्रहरी नायव उपरिक्षक तपन दहालले बताए ।