औचित्य बिहिन नगर प्रहरीः बार्षिक लाखौ खर्च, जिम्मेवारीको ठेगान छैन ?

0 Shares
धर्मेन्द्र कुमार साह 
रौतहट जिल्लाको ईश्नाथ नगरपालिकामा १३ जना नगर प्रहरी छन् । नगरपालिकाले उनीहरुको सेवा सुविधामा मासिक न्युनतम २ लाख ८ हजार खर्च गर्ने गर्छ । वार्षिक हिसाब गर्दा ईशानाथ नगरपालिकाले दसैँ भत्ता सुबिधा सहित करिब २७ लाख रुपैया खर्च गरिरहेको छ । तर नगर प्रहरीको दैनिकी भन्ने चाडपर्व बाहेकको समय कार्यालय वरिपरी नै बित्ने गर्दछन् ।
मासिक १६००० तलवमा भर्ना भाएका नगर प्रहरीलाई नगरपालिकाहरुले काममा खटाउन नसक्दा उनीहरुको औचित्य माथि प्रश्न चिन्ह खडा भएको छ ?
नगर प्रहरी भन्ने बितिक्कै नगर भित्रका अतिक्रमण हटाउने तथा सामान्य वाद बिबाद मिलाउने तथा कार्यालय सुरक्षा दिने भन्ने बुझिन्छ तर रौतहटका बिभिन्न नगरपालिकाहरुले भर्ना गरेका नगर प्रहरीहरु भन्ने दिन भरी कार्यालयमै समय बिताउने गरेको तथा नगरापालिकाले पर्याप्त काम दिन नसको स्थानीय समाजसेवी शेख असदले बताएका छन् ।
“नगर प्रहरी भर्ना गर्ने तर नगर प्रहरीलाई तोकेको काममा नखटाई कार्यालयमै थन्क्याइए पछी नगर प्रहरीको भर्ना तथा आवश्यकता माथि प्रश्न चिन्ह खडा भएको छ ।” उनले थपे, नगर प्रहरी आवश्यक छ तर भर्ना भएका जनशक्ति संग पर्याप्त काम लिन सक्नु पर्छ जुन पालिकाहरुले लिन सकेको छैनन् ।
इशनाथ नगरपालिकाका लेखा अधिकृत मनोज ठाकुरले नगरपालिकामा पहिले २१ जना नगर प्रहरी राखिएकोमा हाल घटाएर १३ मा झारिएको बताए । उनले नगर प्रहरीहरु दशैँ तिहार तथा स्थानीय मेलाहरुमा स्यमसेवक रुपमा खटिने र कार्यालय सुरक्षाको लागि खटिरहेका बताए ।
तर वहाले गरेको दावीलाई खण्डन गर्दै सोहि नगरपालिकामा कार्यरत एक जना कर्मचारीले नाम सार्वजनिक नगर्ने सर्तमा नगर प्रहरी चाडपर्व बाहेकको समयमा प्रशासकीय अधिकृत तथा नगर प्रमुखले निजि काममा प्रयोग हुने गरेको आरोप लगाए ।
राजदेवी नगरपालिका प्रशासनिक रुपमा नगरपालिका भनिए पनि नगर क्षेत्रमा अधिकांस ग्रामिण क्षेत्र रहेको छ । तर नगरपालिकाले बिगत ५ वर्ष देखि १० जना  नगर प्रहरी भर्ना गरी मासिक करिब १ लाख ८० हजार खर्च गर्दै आएका छन् ।
राजदेवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्तले नगरपालिकाको अधिकांस भाग ग्रामिण क्षेत्र भएकोले नगर प्रहरीलाई अधिकतम खटाउन नसकिएको स्वीकार गर्नु हुन्छ । उनले आफ्नो नगरपालिका विपदको उच्च जोखिंममा रहेकोले नगर प्रहरीहरुलाई विपद सम्बन्धि तालिम दिएर तैयारी अवस्थामा राखिएको बताए । उनले नगर प्रहरीलाई वार्डहरुमा हुने सामान्य झैझगडा मिलाउन, न्यायिक समितिका घटनाहरु मा भूमिका खेल्ने गरी काममा लगाइएको दावी गर्नुहुन्छ ।
तर उनको दावीलाई खण्डन गर्दै स्थानीय समाजसेवी नविन सिंहले ग्रामिण नगरपालिकाहरुलाई नगर प्रहरी भन्दा नगर शिक्षक वा चिकित्सक राख्नु पर्ने सुझाव दिन्छन । उनले पालिकाहरुलाई नगर प्रहरी आवश्यक भए पनि उपयुक्त परिचालन नभएकोले नगर शिक्षक भर्ना गर्न उपयुक्त हुने बताए । उनले अधिकांस नगर प्रहरी स्थानीय हुने भएको र दलीय आस्थाको आधारमा भर्ना हुने गरेकोले समेत काममा खटाउन गाह्रो भएको उनको भनाई छ ।
राजपुर नगरपालिकाको कथा पनि उस्तै छ । नगरपालिकाले २८ जना नगर प्रहरी भर्ना गरेका थिए । ति मध्ये दुई जना जागिर छोडे पछी अहिले २६ जना नगर प्रहरी मासिक १८ हजारको तलवमा काम गर्दै आएको छ । यसरी नगर प्रहरीको ब्यबस्थापनमा पालिकाले मासिक करिब ४ लाख ६० हजार भन्दा धेरै खर्चदै आएको छ ।
बौधिमाई नगरपालिका पनि ग्रामिण क्षेत्रहरुलाई समेटेर बनाइएको नगरपालिका हो । त्यहा दुई वर्ष अगाडी मात्रै १० जना नगर प्रहरी छनौट गरिएको छ । वार्षिक करिब २० लाख भन्दा धेरै खर्च हुने गरेको कार्यालयका लेखापाल अरविन्द यादवले बताए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष प्रेम चन्द्र झाले नगरपालिकाहरुले विशेष योजना बनाई नगर प्रहरीहरुलाई परिचालन गर्नु पर्नेमा जोड दिए । “ग्रामिण क्षेत्रमा पनि नगर प्रहरीको महत्वपूर्ण भूमिका हुन् सक्छ । अधिकांस सडक वस्तीहरु अतिक्रमित छ । बाख्रा, भैसी लगायतका घर पालुवा जनावरहरु सडक किनारमै बाधिएको हुन्छ । नगरपालिकाहरुले योजनावद्ध रुपमा नगर प्रहरीहरुलाई अतिक्रमण मुक्त अभियानमा खटाउन सक्छ ।” उनले बताए । उनले पालिकाहरुले नगर प्रहरीको नाउमा कार्यकर्ता भर्ति केन्द्र खोलेको हुदा  समस्या देखिएको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।