साढे चार लाखरुपैया सहित एक भारतीय नागरिक पक्राउ

तराई टप
रौतहट, २ पुस । सिमापारी भारतीय बजारबाट आउदै गरेको भारतीय नम्वरको मोटरसाइकललाई गौर भन्सारमा सुरक्षामा खटिएको प्रहरीले चेकजाँच गर्दा श्रोत नखुलेको करिव साढे ४ लाख नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार शुक्रवार दिउसो १.३० बजेको समयमा विआर ३० एबी २६५७ नम्वरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एयरफिल्ट भित्र प्लास्टिकको झोलामा लुकाएको अवस्थमा साढे ४ लाख नेपाली रुपैया बरामद भएको हो ।

मोटरसाइकल चालक भारत विहारको सितामढी जिल्ला बैरगनिया बस्ने सिकिन्दर पासवानको १९ बर्षिय छोरा विकासकुमार पासवानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई नोट सहित जिम्मा लगाएको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए । उक्त रकमको कुनै आय श्रोत नखुलेको तथा भारतीय नागरिकले ल्याउदै गरेको हुँदा कतै हुण्डी कारोवारीको रकम हुने आशंकामा आवश्यक अनुसन्धान एवं कारवाही गर्न भन्सार कार्यालयको जिम्मा लगाइएको उनले भने ।