यमुनामाई गाउँ कार्यपालिकाको कार्यालय सरुअठा अगाडी १३ सूत्रिय माग राख्दै वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा २१ निर्वाचित सदस्यहरु बुधवार देखि शान्तिपूर्ण धर्नामा । तस्वीरु तराई टप
रौतहट, ४ भदौं । १३ सूत्रिय मागहरु राख्दै वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी धर्नामा बसेका छन् ।
वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु विभिन्न १३ सूत्रिय मागहरु राख्दै बुधवार विहान १० बजे देखि गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी धर्नामा बसेका हुन् ।
गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको र पार्दर्शीता, निष्पक्षता, मितव्यतिता, सुशासन समेतको ख्याल नगरी गाउँपालिकाबाट भईरहेका कामहरुबाट सर्वसाधारण जनताहरु, अन्नदाता किसानहरु, वृद्धिवृद्धाहरु सहित बालबालिकाहरुमा गम्भिर निराशा छाएको वडा नम्वर २ का अध्यक्ष एवं संघर्ष समितिका संयोजक सीताराम यादवले बताए ।
पालिकाबासीहरु जनगुनासोहरु पोखिरहदा उक्त कार्यहरु सम्बन्धमा सूचनाको हक प्रयोग गरेर माग गरिएका सूचना महिनौं दिन वितिसक्दा समेत कुनै वास्ता नगरेको हुँदा यस पालिकामा निर्वाचित २९ जना सदस्य मध्ये १ जना वडाध्यक्ष सहित २१ जनाको पूर्ण बहुमत सदस्य सहित चार कार्यपालिका सदस्यहरु गएको साउन २९ गते १३ सूत्रिय मागलाई पुरा गराउन संघर्ष समितिको गठन, धर्ना तथा तालाबन्दी र जनहितमा कार्यहरु गर्ने निर्णय गरिएको संयोजक यादवले भने ।
साउन ३० गते गाउँपालिकाको कार्यालयमा १३ सूत्रिय माग सम्बन्धी ज्ञापन पत्र बुझाएर ३ गते सम्म माग पुरा नभएमा ४ गते देखि धर्ना तालाबन्दी गर्ने जानकारी गराएको समेत उनले भने ।
हामी रहरले यहाँ आएर धर्नामा बसेको होइन् विवशता बस धर्नामा बस्नु परेको वडा नम्वर ४ का सदस्य एवं संघर्ष समितिका सह संयोजक समसुल मियाले बताए । हामीले जनताको काम सबै पार्दर्शी गरौं भन्दा भन्दै थकित भइसके तर पालिकाबाट प्रवाह गरिने सेवा पार्दर्शी नभएको गम्भीर आरोप लगाए । लेखापाल कहिल्यै कार्यालयमा नबसेर गौरबाट नै काम गरिरहदा पालिकामा मुख्य समस्या खडा भएको छ ।
१३ सूत्रिय मागहरु
–आर्थिक बर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको माईनुट, रातोकिताव, सर्सत अनुदान, समपुरक, विशेष, स्वास्थ्य, शिक्षा, पुंजिगत राजस्व बाँडफाँड र आर्थिक सहयो वितरण लगायत सम्पूर्ण रहे भएका बजेट योजनाको कागजहरु र सबै खाताको बैंक स्टेटमेन्ट र लेखा परिक्षण प्रतिवेदनसमेतको प्रमाणित प्रतिलिपि ।
–यमुनामाई गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति, समेतको प्रमाणीत प्रतिलिपि ।
–यमुनामाई गाउँपालिकामा अनलाईन टेण्डर, अनलाईन बैठक, र अनलाईन विडिङ्ग प्रणाली लागु गर ।
–यमुनामाई गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमका शिक्षा प्रणाली लागु गर्नुपर्ने र शिषक समेतको व्यवस्था तत्काल गर्नुपर्ने ।
–यमुनामाई गाउँपालिकामा रहेको जिन्सी सामानहरुको विवरणको प्रतिलिपि र जे.सी.बी. स्कारपियो, मोटरसाइकल, साइकल समेतमा हाल सम्म के कति इन्धन खर्च भएको हो सोको मर्मत खर्च कागजात र जेसिबीको आम्दानीको समेत विवरणको प्रमाणीत प्रतिलिपि ।
–गाउँपालिका भरीमा प्रत्येक व्यक्तिलाई स्वास्थ्य बिमा गर्नुपर्ने ।
–१ देखि ५ वडा सम्म कृषि विद्युतिकरणको लागि पोल तार ट्रान्सफरमरको व्यवस्थापन तत्काल गर्नुपर्ने ।
–गाउँपालिका भरीमा घर वत्ती विद्युत महसुल फ्रि गर्नुपर्ने ।
–गाउँपालिका स्तरिय अस्पतालको स्थापना तत्काल गर्नुपर्ने ।
–सामाजिक सुरक्षा (बृद्धा, विधुवा, बालपोषण, अपाङ्ग समेतको घर घरमा भत्ता पुर्याउने व्यवस्थापन गर्नुपर्ने ।
–स्थानीय तहका पदाधिकारी तथा सदस्यको पाउने सुविधा के कति पाएको हो र कानुन बमोजिमको सुविधा पाउनुपर्ने ।
– ९ औं गाउँ सभा अबैध तरिकाले गराएकोमा सो खारेज गरी ९ औं गाउँ सभा विधिवत रुपमा गर्नुपर्ने
–यस गापामा हाल सम्म क कसले टिए डिए बुझेका छन् र आर्थिक सहयोग क कसले पाएका छन् सोको प्रमाणित प्रतिलिपि पाऊँ ।
गाउँपालिका अध्यक्ष के भन्छन् ?
यस विषयमा गाउँपालिका अध्यक्ष महमद सउदले आफू निर्वाचनमा उम्मेदवार दिएका दिन देखिनै वडाध्यक्ष सीताराम यादवले मेरो विरोध गरे तर पनि म निर्वाचित भए । अहिले पनि उनको त्यही अवस्था रहेको छ । हामी मिलेर अघि बढ्ने पक्षमा छौं । उहाँहरुलाई उचित सम्मान दिईरहदा पनि नपचेको बताए ।
लिखित समहती गर्न तयार छौं, तर आउदो ६ गते गाउँ सभा गर्न गईरहदा अनावश्यक रुपमा नयाँ विवाद सृजना गर्नु भएको गुनासो गर्दै उहाँहरुको सबै मागलाई सम्बोधन गर्दै गाउँसभाबाट पारित गराएर प्रस्तुत गर्नु भएका मागहरु माथि विचार गरेर दिनुपर्ने सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाए ।