रौतहट, ४ भदौं । गौरमा बुधवार दिउसो हत्या भएका युवकको परिवार सहित आक्रोशित बनेका स्थानीय बासिन्दाहरुले जिल्ला प्रहरी कार्यालय रौतहटको घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।
यमुनामाई गाउँपालिका–५ फतुवा टोलका अब्दुल लतिफ मियाको २२ बर्षीय छोरा सहाबुद्दिन मियाँलाई आज दिउसो गौर नगरपालिका–५ गौरीशंकर क्याम्पस देखि उत्तरमा रहेका झोलुंगे पुल पारी चाकु प्रहर गरी निर्ममतापूर्वक हत्या गरिएका हुन् ।
हत्यामा संलग्न गौर नपा–३ का नन्दुरामका २० बर्षिय छोरा सनोज रामलाई प्रहरीले पक्राउ गर्न सफल भएपनि आक्रोशित बनेका पिडित परिवारले सहाबुद्दिनको हत्या एक्लैले नभई तिन चार जना मिलेर गरेको हुन सक्ने आशंका गर्दै अन्य अभियुक्तहरुलाई अविलम्ब पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय गौर अगाडी प्रदर्शन अबेर साँझ सम्म गरिरहे ।
आक्रोशित परिवारहरुको प्रदर्शन भइरहदा पनि प्रहरी निकै संयमित भएर जवाफदेहिता निर्वाह गरेका कारण साढे ७ बजे पश्चात पिडित परिवारहरु आफनो घर तर्फ लागे ।
रौतहट प्रहरीका एसपी नेत्रमणी गिरीले सहाबुद्दिनको विभत्स रुपमा हत्या गरिएको हुँदा कानुनले प्रदत गरेका ऐन अनुसार पक्राउ परेका व्यक्ति विरुद्ध कारवाही प्रक्रिया अगाडी बढाइएको तथा अनुसन्धानको क्रममा उक्त वारदातमा अन्य व्यक्तिहरु संलग्न भएको खुल्न आएमा यसै कसुर अनुसार पक्राउ गरेर प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
हामी आफै गम्भीर भएर लागेको हुँदा आन्दोलन गर्ने, गिजयाउने काम कदापी गर्नु हुँदैन । प्रहरी जहिले पनि सत्यको पक्षमा रहेर दोषिलाई कारवाहीको दायरमा ल्याउने एसपी गिरीले स्पष्ट पारे ।
पिडित परिवारको आवाजः
“चाकु प्रहारबाट हत्या भएका सहाबुद्दिनका भाउजु लालमुन खातुनले मेरो देवरलाई एक्लैले मारेको होइन, उनलाई दुई वा सो भन्दो बढि मानिस मिलेर हत्या गरेको हो, हामीलाई न्याय चाहियो, न्याय माग्न आउदा प्रहरीले लौरोले कुटेको आरोप लगाए” ।
देवरको मोवाइलमा फोन गर्दा प्रहरीले उठायो, गौर आउनुस, यी व्यक्तिको हत्या भएको छ, भनेपछि गौर आएको लालमुख खातुनले भनिन । मेरो देवर कुनै लागुऔषध सेवन गर्दैनथ्यो तर यहाँ आएपछि लागुऔषध सेवनको विषयमा हत्या भएको सुन्दा आफूलाई आश्चर्य लागेको छ । निर्दोष देवरलाई लागुऔषधको कारण हत्या भएको भनेर केसलाई घुमाउरो पारामा प्रस्तुत गर्न लागेपछि आन्दोलित हुनुपरेको उनले आफनो बेदना यसरी पोखिन ।